नेपाल इन्जिनिजरिङ् कलेजका विद्यार्थी यातायात गुरुयोजनामा

  २०७६ मंसिर १२ गते १७:३०     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनिजरिङ् कलेज (नेक) का विद्यार्थी भक्तपुरको चाँंगुनारायण नगरपालिकाको यातायात गुरुयोजनामा लाग्ने भएका छन् ।
कलेजमा सिभिल इन्जिनियरिंग र सिभिल रुरल इन्जिनिजरिङ्का पहिलो वर्षका विद्यार्थी नगरपालिका क्षेत्रभित्रको कुनकुन सडकमा के कति मात्रामा सवारी साधनहरु चल्छन् भन्ने बुझने यातायात गुरुयोजनामा लाग्ने भएका हुन् ।

कलेजका झण्डै ७० जना विद्यार्थी मंसिर १६ गतेदेखि यो कार्यमा लाग्ने कलेजले जनाएको छ । यसका लागि बिहीबार कलेजमा आरेन्टेशन कार्यक्रम गरियो ।
कलेजका सहायक प्रिन्सिपल दीपक धामीका अनुसार पढ्दापढ्दै व्यवहारिक शिक्षा पाउन् भनेर विद्यार्थीलाई फिल्डमा पठाउन लागिएको जनाए । कलेजका एकेडेमिक को अर्डिनेटर मोहन केसीले विद्यार्थीले मंसिर ३० गते रिपोर्ट बुझाउने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.