ग्लाेबल र जनता बैंकको एकीकृत कारोबार २० गतेदेखि

  २०७६ मंसिर १२ गते १५:३९     विकासन्युज

काठमाडौं । ग्लोबल र जनता बैंकबीच २० गतेदेखि एकीकृत कारोबार हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै ती बैंकहरुले एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । नेपाल राष्ट्र बैंकले दुई बैंकहरुलाई एक हुन बुधबार अन्तिम स्वीकृति दिएको थियाे ।

राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई बैंकले एकीकृत कारोबार सञ्चालन गर्ने तयारी गरेकाे  ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले  बताए । उनले मर्जरसम्बन्धी अन्य तयारी पूरा भएको समेत उनले जानकारी दिए ।

दुई बैंकबीच मर्जरका लागि असार २० गते प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार ग्लोबल आईएमई बैंकको १०० कित्ता बराबर जनता बैंकको ८५ कित्ता शेयर दिनेगरी समझदारी भएको थियो भने जनता बैंकबाट मर्जरपछि २ जना सञ्चालक प्रतिनिधित्व गर्ने सहमति भएको थियो । त्यस्तै प्रमुख कार्यकारी अधिकृत जनता बैंकबाट तथा डेपुटी प्रमुख कार्यकारी अधिकृत ग्लोबल आईएमई बैंकबाट रहने समझदारी भएको थियो ।

त्यस्तै दुई बैंकको डीडीए गरेपछि दुई बैंकहरुबीच कात्तिक ८ गते अन्तिम सहमति भएको थियो । मंसिर २ गते दुबै बैंकको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेसँगै उनीहरु एकीकृत कारोबारको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक गएका थिए । मर्जपछि बन्ने ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, जगेडा कोष करिब ६ अर्ब, निक्षेप २०० अर्ब माथि, कर्जा लगानी १ सय ८७ करोड, २ सय ९२ शाखा तथा ३ हजार २ सय भन्दा बढी कर्मचारी पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.