सुन्दर यातायातले २१ वटा नयाँ विद्युतीय बस खरिद गर्न साढे २५ करोड लगानी थप्दै

  २०७६ मंसिर १२ गते १४:१८     राजाराम न्यौपाने

काठमाडौँ । सुन्दर यातायातले २१ वटा बस थप्ने भएको छ । हाल चार वटा मात्रै बस सञ्चालन गर्दै आएकाे सुन्दर यातायातले साढे २५ कराेड लगानी थपेर २५ वटा बस पुर्याउन  लागेकाे हाे । नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले मंसिर महिनादेखि ११ वटा नयाँ बस थपेर १५ वटा पुर्याउने भएकाे छ । सुन्दरले यसै वर्षमा २५ वटा बस पुर्याउने लक्ष्य लिएको छ । २१ वटा नयाँ बस खरिद गर्न २५ करोड ४८ लाख ८० हजार लाग्ने अनुमान गरेकाे छ । ५ महिना अघि शुरु भएको विद्युतिय बस नाफामा गएकाले बस थप्ने योजना बनाएको हो ।

अहिले चक्रपथमा सुन्दर यातायातले ४ वटा मात्रै बस सञ्चालन गरेकाे छ ।  हाल सञ्चालित र नयाँ बस सञ्चालनमा आएपछि चक्रपथमा  सुन्दर यातायातकाे पहुँच बढने छ । नयाँ भित्रिने बस नगरकाभित्री भागमा र उपत्यका बाहिरसमेत सञ्चालन गर्ने योजना रहेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए ।

डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक चार हजारसम्म रुपैयाँको इन्धन खर्च हुन्छ । विद्युतमा भने औसत ७५० खर्च हुने बताइएको छ ।  ५ महिना अघिदेखि चक्रपथमा चार वटा बस सञ्चालन गरिरहेको याताायातले बस थप्ने योजना बनाएको हो ।

उनले भविष्यमा ७ वटै प्रदेशमा बस सञ्चालन गर्ने याेजना बनाएकाे छ । विभिन्न प्रदेशका सहरहरुमा विद्युतिय बसहरु सञ्चालन गर्ने उसकाे लक्ष्य छ । उनले भने, प्रदेश सरकारसँगको सहकार्यमा आगामी दिनमा बस सञ्चालन हुनेछ ।

अहिले सञ्चालन भएका र थप्ने ११ वटा बसको निर्माण भइरहेका छ । बस डिजाइनमा नेपाली प्राविधिक संलग्न रहेका थापाले बताए । युरोपमा चल्ने जस्तो बस हुँदा यहाँको सडकमा उपयुक्त नहुने भन्दै यहाँको सडक सुहाउँदो बस डिजाइन भएको उनले उल्लेख गरे । बस काठमाडौँकाे अहिलेकाे सडकमा गुड्न उपयुक्त रहेको उनले बताए ।

सडकमा पानीको मात्रा धेरै हुँदा डिजेलबाट चढ्ने गाडीको इञ्जिनमा समस्या पर्छ भने विद्युतीय बसको ब्याट्रीमा समस्या आउने समेत उनले बताए । अहिले सञ्चालनमा रहेका बस क्षमता ४० र ३५ सिटका छन् । यी बस एक पटक चार्ज गर्न ६० देखि ८० मिनेटसम्म लाग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.