भारत र नेपालबीच ऐतिहासिक समझदारी, पानी जहाज, बल्क कार्गाे र इसीटीएस दिन भारत सहमत

  २०७६ मंसिर ११ गते २१:३१     विकासन्युज

काठमाडौं । नेपाललाई भारतीय जलमार्गमा राष्ट्रिय ध्वजावाहक पानी जहाज सञ्चालन गर्ने बाटो खुला भएको छ । नेपाल र भारतीयबीच पारवहन सन्धि संसोधन गर्न बसेको प्राविधिक समितिको बैठकले भारतको आन्तरिक जलमार्गमा नेपाली पानीजहाज सञ्चालन गर्ने सुविधा सहितको व्यवस्था सन्धिमा समावेश गर्ने औपचारिक सहझदारी भएपछि बाटो खुला भएको हो । भारत सहमत भएसँगै नेपालीकन राष्ट्रिय ध्वजावाहक पानी जहाज सञ्चालन गर्ने सपना पुरा हुने भएको हो ।

वाणिज्य मन्त्रालयका सह–सचिव नवराज ढकालले अब नेपाली ध्वजावाहक पानी जहाजहरूले भारतको कलकत्ता–बनारस, कलकत्ता–कालुघाट र कलकत्ता–साहिबगञ्जसम्म सञ्चालन गर्न पाउने बताए । अब बिराटनगर र भैरहवा भन्सारसम्म रेलमार्गबाट समान ढुवानी गर्ने बाटो पनि खुला भएको छ । यस अघि बल्क कार्गाे(रेलबाट समान ढुवानी)को सुविधा विरगञ्ज नाकामा मात्रै थियो । उद्योगी व्यवसायीहरुले बल्क कार्गाे मुमेन्टका लागि जोगवनी र नैतनवा नाका खोल्न सरकरलाई सुझाव दिइरहेका थिए ।

त्यस बाहेक नेपाल र भारतबीच इसीटीएस (इलेक्ट्रोनिक कार्गाे ट्रयाकिङ सिस्टम) लागु गर्ने समझदारी पनि भएको छ । अब नेपाली व्यवसायीले तेश्रो मुलुकबाट ढुवानी गरेको समान भारतीय बन्दरगाह र भन्सार कार्यालयहरूमा खोलेर हेर्नु पर्दैन । तेस्रो मुलुकबाट आयातित सामानलाई विद्युतिय ट्रयाकिङ प्रणालीले नै चेकजाँच गर्नेछ ।

चार वटा मूल विषयमा छलफल गर्न आयोजीत प्राविधिक कमिटी बैठकमा नेपाललाई धुम्रा र मुन्द्रा पोर्ट उपयोग गर्न दिन भने भारतले मानेको छैन । मुन्द्रा गुजरातको बन्दरगाह र धुम्रा उडिसा राज्यको सामुन्द्रिक बन्दरगाहका लागि केही समय पछि छलफल हुने बताइएको छ ।
भारतले पानी जहाज सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताएको छ । जहाज सञ्चालन भए पछि नेपालमा तेस्रो मूलुकबाट सामान निर्यात गर्दा सास्तो हुन आउने छ । यसले नेपालको निर्यातमा पनि वृद्धि हुने अनुमान गरिएको छ । यी दुई बन्दरगाह प्रयोगमा ल्याउन सके महेन्द्रनगर नाका र विराटनगर नाकाबाट आयात निर्यातको अवस्था थप सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.