नेपाल-भारतको पारवहान सन्धिको स्तरीय बैठक सम्पन्न, यस्ताे भयाे सहमति

  २०७६ मंसिर ११ गते १८:५४     विकासन्युज

काठमाडौं । नेपाल भारत पारवहानसन्धिको विस्तृत पुनवरावलोकनको लागि वाणिज्य सह-सचिव स्तरीय बैठक काठमाडौमा सम्पन्न भएको छ । मंसिर १० र ११ मा सम्पन्न भएको उक्त बैठकमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतको तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयका भुपिन्द्र यस भल्लाले नेत्तृत्व गरेका हुन् ।

यस्तो छ छलफल तथा सहमतिको विवरण

हालसम्म पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीलाई संशोधन गर्न विभिन्न चरणमा आदान प्रदान भएको लेटर अफ एक्सचेञ्जहरुलाई एकिकृत गरी पारवहन सन्धि र सोको प्रोटोकलको नयाँ मस्यौदा तयार पारिएको छ ।

नेपाल भारतका प्रधानमन्त्रीस्तरबाट भएको निर्देशन अनुसार नेपालको पारवहनकालागि आन्तरिक जल मार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग एवम बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रकृयाहरु र व्यवस्थाहरु नेपाल भारत पारवहन सन्धिको प्रोटोकलको मस्यौदा समावेश गर्ने सहमति भएको छ ।

रेल मार्ग मार्फत बल्क कार्गो ढुवानीका लागि विरगंज-रक्सौल नाकाका अतिरिक्त विराटनगर-जोगवनी र भैरहवा-सुनौली नाका समेत खुला गर्ने गरी पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गरिएको छ ।

नेपालले पारवहन विविधिकरण गर्न भारतका थप २ बन्दरगाहहरु धामा र मुन्द्रा नेपालकालागि खुला गर्न गरेको प्रस्तावमा छलफल भयो र भारतका तर्फबाट दुवै पोर्ट खुला गर्न आन्तरिक छलफल भै रहेको र यस सम्बन्धमा भारतीय पक्षले यथासीघ्र राय सुझाव पठाउने सहमति भएको छ ।

तेस्रो मुलुकसँग भारतीय भूमि हुँदै आवतजावत गर्ने कार्गो कन्टेनरहरुमा विद्युतिय कार्गो ट्रयाकिङ्ग प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रकृया लागू गर्न नेपालले प्रस्ताव गरेको लेटर अफ एक्सचेञ्जको मस्यौदामा छलफल भयो ।

नेपालको तर्फबाट प्रस्तावित मस्यौदामा भारतिय पक्षले आन्तिरिक छलफल गरी यतासिघ्र भारतको तर्फबाट धारणा पठाउने सहमति भएको छ ।

विद्यमान नेपाल-भारत पारवहन सन्धिको म्याद सन् २०२० जनवरी ५ देखी लागू हुने गरी स्वतः नवीकरण हुने भएको छ ।

बैठकमा दुबै मुलुकले आन्तरिक प्रकृया पूरा गरी अन्तिम रुप दिइएको पावहन सन्धि र सोको प्रोटोकलमा दुवै पक्ष बाट यथासीघ्र हस्ताक्षर गर्ने सहमति भएको छ ।

यसअघि नेपाल भारत पारवहान सन्धीको पुनरावलोकन गर्ने सहमति गत २०७५ साल वैशाख महिनामा पनि भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.