सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध – उपाध्यक्ष ढकाल

  २०७६ मंसिर ११ गते १८:१२     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए ।
सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्का सभापतिको हैसियतले सम्बोधन गर्दै उनले भने– ‘सामाजिक सुरक्षा प्रणाली लागुगर्ने क्रममा केही व्यवहारिक कठिनाइहरु देखिएको भए पनि तिनको सम्बोधन गर्दै अघि वढ्नुपर्छ ।’

सभापति ढकालले श्रमजिवी वर्गको सुरक्षा र सुनिश्चित भविश्यको लागि प्रारम्भ भएको सामाजिक सुरक्षा योजनावारे व्यापक जानकारी सहित यसको प्रभावकारी कार्यान्वयनमा नेपालका उद्योगी व्यवसायीहरु लागिपरेको स्पष्ट पारे ।  ‘हामी सामाजिक सुरक्षा योजना संचालनको शुरु अवस्थामा छौँ, यो महत्वपूर्ण प्रणालीको शुरुवात गर्दा केही अप्ठेरो आउनु स्वभाविकै हो तर यस योजनामा रोजगारदाता र श्रमिकको सूचिकरण संख्या र केही रोजगारदातावाट योगदान रकम जम्मा गर्न शुरु भइसकेको अवस्थालाई सकारात्मक रुपमा लिनुपर्ने छ’ उनले भने ।

आइएमइ समूहका अध्यक्ष ढकालले सामाजिक सुरक्षा योजनावारे बुझाउन समय लागेकोले पनि सूचिकरण प्रक्रियामा केही ढिलाई भएको बताए । उनले थप स्पष्ट गरे– सूचिकरणको संख्या कम भयो भनेर अहिले नै चिन्ता गर्नुपर्ने स्थिति छैन, प्रस्तावित सामाजिक सुरक्षा योजनाका वारेमा रोजगारदाता र श्रमिक सवैलाई प्रष्टसँग वुझाउन सक्नु पर्ने बताए ।

पछिल्लो समय प्रचलनमा रहेको सामाजिक सुरक्षा सम्बन्धि व्यवस्थालाई एकिकृत रुपमा सामाजिक सुरक्षा योजनाअन्र्तगत कार्यान्वयन गर्ने काम चुनौतीपूर्ण नै रहेको उनले बताए । उनले भने– भइरहेको नयाँ प्रस्तावित योजनालाई मिलाएर लैजाने काम एउटा निर्णय र विधिवाट सम्भव छैन, व्यवहारिकताको समाधान खोजी यसको सहज र प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ ।’

सामाजिक सुरक्षा कोष लागु भएको एक वर्षको पुरा भई दोस्रो वर्षमा प्रवेश गरेको सो अवसरमा सामाजिक सुरक्षा दिवस मनाउन काठमाडौंको भृकुटीमण्डपमा उक्त कार्यक्रमको आयोजना गरेको हो । श्रम मन्त्रालयका सचिव विनोद केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा श्रमिक, रोजगारदाताको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार:

निजी प्रतिष्ठान मात्र नभई सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा ल्याउछौं: श्रममन्त्री यादव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.