अंग्रेजी भाषालाई व्यवहारिक बनाउन विद्यार्थीलाई शिक्षण तालिम प्रदान

  २०७६ मंसिर १० गते १४:२१     विकासन्युज

काठमाडाैं ।  कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूको अङ्ग्रेजी भाषा कलालाई व्यवहारिक बनाउने उद्धेश्यकासाथ सुरु गरिएको एकदिवसिय शिक्षण तालिम दिइएकाे छ । उनीहरुमा अंग्रेजी भाषाको ज्ञानलाई थप मजबुत बनाउने लक्ष्यका साथ कार्यक्रम गिरएकाे हाे ।

ललितपुरकाे सेन्ट जेभियर्स स्कुलमा भएको कार्यक्रममा अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक समेत बिमोचन गरिएको छ । अक्सफोर्ड न्यू पाथ–फाइन्डर : एन इन्टरएक्टिभ कोर्ष इन इङ्गलिस नामको पुस्तक बिमोचन गरिएको हो । पुस्तकको लेखक गायत्री खन्ना हुन ।

उनके प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा डि.ए.भी.विद्यालयकी प्रिन्सिपल भुवनेश्वरी राव, सेन्ट जेभियर्स स्कुल जाउलाखेल, ललितपुरका प्रिन्सिपल फादर जर्ज एम.पी.एस.जे लगाएत काठमाण्डौँ उपत्यकाका विभिन्न प्रतिष्ठित विद्यालयहरूका प्रिन्सीपल, डाइरेक्टर र शिक्षक–शिक्षिकाहरूको उलेख्य सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.