भायनेटले ल्यायो ‘क्या लभ्ली अफर’, नेट जडानमा विभिन्न आकर्षक प्याकेज

  २०७६ मंसिर ९ गते १८:४६     विकासन्युज

काठमाडौं । भायनेट कम्युनिकेसन्सले ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक आकर्षक योजना ल्याएको छ । कम्पनीले संचालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि उक्त योजना बजारमा ल्याएको हो ।

यस योजनाअन्तर्गत ग्राहकहरुले मात्र ३४ हजार रुपैयाँमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगा पिक्सल क्यामरा भएको जिओमी रेडमी नोट ८ प्रो पाउने छन् । त्यसैगरी, २७ हजार ७०० रुपैयाँमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र जिओमी रेडमी नोट ८ प्राप्त गर्नेछन् ।

यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र १८ हजार ७९० रुपैयाँदेखि सामसंङ र स्काईवोर्थको ३२ इन्चदेखि ४३ इन्चसम्म एलईडी टिभीहरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.