सिभिल क्यापिटलको सीईओमा झनकराज ढुङ्गेल, क्यापिटल मार्केटमा मात्रै ८ वर्षको अनुभव

  २०७६ मंसिर ९ गते १५:००     विकासन्युज

काठमाडौं । सिभिल क्यापिटल मार्केटको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा झनक राज ढुङ्गेल नियुक्त भएका छन् ।

सीईओ पदमा नियुक्त भएसँगै ढुङ्गेलले सिभिल क्यापिटलको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्धता गरेका छन् ।

नवनियुक्त सीईओ ढुङ्गेल विगत २५ वर्षदेखि नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा सकृय रहेका छन् । साथै, उनले विगतका ८ वर्ष विभिन्न क्यापिटल मार्केट क्षेत्रमा सीईओको जिम्मेवारी निभाई सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.