‘झोला हराएको मान्छे’ मंसिर २४ गते देखी मण्डला नाटकघरमा मन्चन हुँदै

  २०७६ मंसिर ९ गते १९:४९     विकासन्युज

काठमाडौं। नाटक ‘झोला हराएको मान्छे’ यही मंसिर २४ गतेबाट मन्चन हुने भएको छ। उक्त नाटक अनामनगर स्थित मण्डला नाटकघरमा पौष १७ गते सम्म मन्चन हुन लागेको हो।

विधमान देशको परिस्थिति हेर्दा हरेक दिन सयौँ युवाहरु वैदेशिक रोजगारीका शिलशिलामा झोलामा सपना बोकेर विदेशिन बाध्य छन् तिनै युवाहरुको मनोभाव हो “झोला हराएको मान्छे।” नाटकको स्लिम जीवनले लेखेका हुन् भने कथालाई नाटय रुपान्तरण अभिनेता दिपेन्द्र शाहिले गरेका हुन्।

नाटकको तयारी गर्दै कलाकारहरु

कथाको पृष्ठभूमि २०७० साल ताकाको हो जब देशमा राजनीतिक अस्थिरता र सिनेमा हलहरुमा नेपाली कथानक चलचित्र छड्के चलिरहेको थियो। त्यहि बेला नेपालको पुर्वी पहाडी जिल्ला भोजपुरबाट विदेश जान भनेर रुद्र प्रसाद पोख्रेल काठमाडौं आउँछ तर आकस्मात उसले झोला हराउँछ। नाटक रुद्रेको झोला खोज्ने संघर्षको वरपर घुम्नेछ। नेपालबाट लोपोन्मुख लज्जावती झारलाई नाटकले प्रतिनिधीत्व गर्दैछ।

क्याप मोशन पिक्चर्स र एम्प्टी स्ट‍म्याक क्रियशनलको प्रस्तुतिमा बनेको ‘झोला हराएको मान्छे’मा नविन चन्द्र अर्याल, सुनीशा बँजगाई, चन्द्र नेपाली, विकाश लामा, सन्जित प्रताप मल्ल, गणेश पौँडेल(ताण्डव), जयराम ढकाल, स्लिम जीवन, विशाल श्री, आनन्द महत, मोहन राई, सबीना थापा, अरुण सिंह पौँडेल, सन्जिप योगी लगायतका कलाकारको अभिनय हेर्न सकिनेछ।

नाटक सोमबार बाहेक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त शो १ बजे पनि रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.