इरानमा महङ्गी विरुद्ध प्रदर्शन

  २०७६ मंसिर ८ गते १५:४२     विकासन्युज

तेहरान । इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् ।सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा उनीहरूले प्रदर्शन शुरु गरेका हुन् । त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इरानको एक समाचार संस्था इस्नाले जनाएअनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने अरु केही पक्राउ परेका छन् ।

इरानमा अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको छ । यसका साथै तेल निर्यातमा पनि उसले इरानमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी यो नाकाबन्दीपछि इरानको अर्थ व्यवस्था सङ्कटमा पर्न लागेको बताउन थालिएको छ । यसै समयमा इरानले पेट्रोलियम पदार्थमा पनि मूल्य वृद्धि गरेको छ ।

इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसंख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सङ्कलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिएका थिए ।

इरानको सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो । तर पनि यस निर्णयको यहाँका सर्वसाधारणले विरोध गरेका कारण संसदले यो प्रस्तावलाई अस्वीकृत गरेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.