इ-स्टीकर पछि वैदेशिक रोजगार विभाागले इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्दै

  २०७६ मंसिर ८ गते १३:०२     विकासन्युज

काठमाडौं । इ-स्टीकर पछि वैदेशिक रोजगार विभाागले यही मिति २०७६ मङ्गिसर १५ गतेदेखि इ-टोकन र मेसेजिङ्ग सेवा शुरु गर्ने भएको छ । इ टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाईन फाराम पेश गरेपछि श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा हुने भएकाले विभागले यो नियम लागु गरेको हो ।

कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो रोज्न पाउनु हुनेछ। जुन कार्यालयमा छिटै पालो आउँछ त्यो कार्यालय समेत रोज्न सक्नुहुनेछ। जसले गर्दा तपाइँको फाराम स्वीकृत हुने वित्तिकै तपाइँले कार्यालयमा पर्खिरहनु पर्ने छैन। मोबाइलमा एसएमएस जाने (मेसेजिङ्ग) फाराम बुझाइसकेपछि यदि कुनै कारणवश श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा मोबाइलमा मेसेज प्राप्त हुनेछ।

फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर श्रमिकको श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेज आउनेछ।  त्यसैले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही भरियो कि भरिएन भनेर तीनपटक रुजू गरेपछि मात्र अनलाइन फाराम सब्मिट गर्न विभागले श्रमिकलाई निर्देशन दिएकाे छ ।

विद्युतीय भुक्तानीको लागि लामो समयदेखिको प्राविधिक तयारी पश्चात सेवा प्रदायकसँग सम्झौताको चरणमा पुगेको जानकारी दिदैं यो प्रणाली लागू भैसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्था श्रमिकलाई नहुने विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले सामाजिक संजाल (फेसबुक) मार्फत जानकारी दिएका हुन् ।

वैदेशिक रोजगार विभागले कामदार छनौट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाईन प्रणाली समेत तयार भै लागू गर्न अवस्थामा छ । मंसिर महिना भरी सूचना प्रविधिमार्फत सेवाग्राहीहरुलाई दिइने सेवा स्वचालित र कष्ट निवारक महिनाको रुपमा रहने जनाउँदै सबै तयारी गर्न विगत ५ महिनादेखि निकै मेहनत गर्दै आएका महानिर्देशक डा. भूषालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.