भक्तपुरको वढी कर तिर्ने करदातामा नेपाल इन्जिनियरिङ कलेज

  २०७६ मंसिर ७ गते १५:५२     विकासन्युज

काठमाडौं । भक्तपुर कर कार्यालयले पेश गरेको विवरण अनुसार भक्तपुरबाट सबै भन्दा बढी कर तिर्ने संस्था नेपाल इन्जिनियरिङ कलेज (नेक) रहेको छ । आर्थिक वर्ष २०७४।०७५ मा सवैभन्दा वढी कर तिरेबापत नेकलाई शुक्रबार सम्मान गरिएको छ । जिल्ला प्रसाशन कार्यालय भक्तपुरमा भाद्र ४, २०६० मा संस्था दर्ता ऐन २०३४ बमोजिम सामाजिक संस्थाको रुपमा दर्ता नं. ५५२ कायम गरि दर्ता भएको यस नेपाल इन्जिनियरिङ कलेजले भक्तपुरका प्राईभेट कम्पनीहरु भन्दा पनि बढी कर तिरेको छ ।

उक्त वर्षमा उसले जिल्लामै सवैभन्दा वढी चार करोड दुई लाख भन्दा वढी कर तिरेको जनाएको छ । आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुर प्रमुख कर अधिकृत सूर्यप्रसाद पोखरेलले कलेजका वोर्ड सदस्य शशिल भटराईलाई सम्मान गरे । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, सम्मानित कलेजका वोर्ड सदस्य भटराईलगायतले बोलेका थिए ।

निस्वार्थ भावनाले २०५१ देखि सबै नेपालिलाई सर्वोकृष्ट उच्च शिक्षा प्रदान गर्ने मनसायबाट स्थापित यस कलेजमा २०७४ को श्रावण देखि सञ्चालकहरु बिच सामाजिक संस्थालाई निजिकरण गर्ने कि नगर्ने भन्ने बारे भिन्न अवधारणा श्रृजना भई कलेज समस्यामा परेको छ ।
स्वर्गिय संस्थापक अध्यक्ष प्रा. डा. श्री दीपक प्रसाद भट्टराई ज्यूको सामाजिक संस्थानै भएतापनि देशलाई शिक्षाबाट मात्र नभई करबाट समेत नेपाल र नेपालीलाई ठुलो योगदान दिन सकिन्छ ।

परोपकारी भावनाको कदर अनुरुप बिगत २५ वर्ष देखि सामाजिक संस्थाको रुपमा सञ्चालित यस नेपाल इन्जिनियरिङ कलेजले समाज कल्याण परिषद्बाट कर मिनाहको स्विकृतीको लागि पहल गरेको छैन ।निजिकरण गर्न ईच्छुक सञ्चालकहरुले सञ्चालन गर्दा यस कलेजले आ.व. २०७२/७३ मा कुल आय २४ करोड ५२ लाख रूपैयाँमात्र देखाएको छ भने कुल बचत १४ लाख रूपैयाँमात्र देखाएई भक्तपुर कर कार्यालयलाई कुल १९ लाख रूपैयाँमात्र कर तिरेको छ ।

निजिकरणबिरुद्ध लागेको नयाँ सञ्चालक समितिले २०७४ देखि कलेज सञ्चालन गरि आर्थिक २०७३/७४ मा कुल आय ६० करोड ८१ लाख रुपैयाँ(जसमा आर्थिक २०७२/७३ सम्म पुरानो व्यवस्थापनले कर छली गर्ने मनसायबाट थप २० करोड रुपैयाँ विभिन्न शिर्षकमा लुकाईएको समेत आयमा जोडिएको) र बचत ३४ करोड ७८ लाख रुपैयाँ तथा आर्थिक २०७४/७५ मा कुल आय ४० करोड ५४ लाख रुपैयाँ र बचत ११ करोड ३४ लाख रुपैयाँ भनि कर कार्यालयमा पेश गरेको छ । आर्थिक वर्ष २०७४/७५ को लेखा परिक्षको प्रतिवेदन अनुसारनै यस सामाजिक संस्थाले ४ करोड रुपैयाँ भन्दा बढी कर तिरी भक्तपुरकै सबै भन्दा ठुलो करदाता हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.