७ हजार खेलाडीका १० लाख रुपैयाँसम्मकाे बीमा राष्ट्रिय बीमा कम्पनीमा

  २०७६ मंसिर ६ गते १७:४३     नविन पाेखरेल

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा छनोट भएका ७ हजार खेलाडी तथा प्रशिक्षकको बीमा राष्ट्रिय बीमा कम्पनीले गर्ने भएको छ । कम्पनीले प्रति खेलाडी १० लाख रुपैयाँका दरले जोखिम बहन गर्ने गरी तयारी शुरु गरेको हो ।

नेपालमा यहि मंसिर १५ गतेदेखि २४ गतेसम्म साग शुरु हुँदैछ । सागमा विभिन्न विधामा खेल खेल्ने खेलाडी, प्रशिक्षक तथा खेलसँग सम्बन्धित अन्य व्यक्तित्वको समेत बीमा गर्ने तयारी भएको राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुबास कोइरालाले बताए ।

सागमा फूटबल, जुडो, पौडी, टेबुल टेनिस, फलिबललगायत ३१ वटा खेल हुँदैछ । ‘खेल खेल्ने क्रममा खेलाडीले जोखिम मोल्नु पर्ने भएकाले खेलाडीलाई आर्थिक रुपमा सुरुक्षित राख्न बीमा गर्ने गरिन्छ ।’

अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आएको अवस्थामा हाम्रो मैदानमा उनीहरू घाइते हुँदा हामीले सुरक्षा दिनुपर्ने भएकोले उनीहरूको पनि जोखिम बहन हुनेछ । साथै, नेपाल सरकारले मात्र आर्थिक रुपमा काम गर्दा केही समस्या हुने भएकाले बीमा मार्फत आफूहरूले थप सहज बनाइन लागेको हो ।

यसरी हुन्छ खेलाडीको बीमाः

यहि मंसिर १५ गते देखि २४ गतेसम्म नेपालमा साफ खेल हुँदैछ । उक्त खेलमा बीमा कम्पनीले खेलाडीहरू, प्रशिक्षकहरू सबैलाई समावेश गरी बीमा गर्न लागेको हो । राष्ट्रिय बीमा कम्पनीले दिएको जानकारी अनुसार सो खेलमा ८ सय ५० जना नेपाली खेलाडीे सहभागी हुँदैछन् । सागमा सहाभागी हुने सबै खेलाडीहरूको जोखिम बहन हुने राष्ट्रिय बीमा कम्पनीले बताएको छ ।

यस्तै, ३५० प्रशिक्षकको पनि बीमा गरिएको छ । बीमा वहन गर्ने प्रशिक्षकहरू भने थपघट हुँदैछ । हाल साग खेलको लागि नै भनेर खेलाडी, प्रशिक्षक तथा अन्य सबै खेलसँग आवद्ध हुने व्यक्तित्व समेत गरी ७ हजार जनाको जोखिम बहन गर्न लागिएको छ ।

यस्तो अवस्थामा खेलाडीहरूको जोखिम बहन हुँदैन

खेलाडी आफैले जानी जानी चोट लगाएमा बीमा वापत क्षतिपूर्ति पाइदैन । खेलाडीले आत्महत्या गरेमा वा आत्महत्याको प्रयास गरेमा पनि बीमा बहन गर्न मिल्दैन । मादक पदार्थ वा लागू औषधिको प्रभावबाट हुने क्षतिमा बीमा भुक्तान हुँदैन ।
त्यस्तै, कावा खाने खेल, व्हिल रेस, घोड दौड, बन्जी जम्पिङ, प्याराग्लाइडिङ वा मोटर साईकल दौड, पोलो, शिकार, पर्वतारोहण, हाइकिङ निशानाबाजी तथा नचाहिँदो खतरा मोल्ने कार्य गरेमा खेलाडीहरूले बीमा गरेको कुनै अर्थ रहँदैन ।
राष्ट्रिय बीमा कम्पनीले खेलाडीहरूले अनुशासित ढंगले खेल खेलेको अवस्थामा भने बीमाका सम्पूर्ण सुविधा पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.