सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा सुदेश खालिङ, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव

  २०७६ मंसिर ६ गते १७:२९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र संचालकमा सुदेश खालिङ नियुक्त भएका छन् । शुक्रबार सम्पन्न बैंकको ३२०औं सञ्चालक समितिको बैठकले खालिङलाई बैंकको संचालक पदमा नियुक्त गरेको हो ।

अवनिन्द्रकुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको बैंककाे  स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्य कुशलता प्रदर्शन गरिसकेका छन् ।

वाणिज्य बैंकमा सहायकबाट बैंकिङ पेशा शुरु गरेका खालिङसँग बैंकिंङ क्षेत्रमा करिव तीन दशक लामो अनुभव रहेको छ । उनी दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.