रसुवाको स्याफ्रुबेसीमा एनआईसी एशिया बैंक, शाखा संख्या ३१० पुग्यो

  २०७६ मंसिर ६ गते १४:५१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन स्याफ्रुबेसी गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरेका हुन् ।

स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.