मेरो कार्यकालमा प्रदेश १ मा १५०० मेगावाट विद्युत उत्पादन गर्छु- शेरधन राई

  २०७६ मंसिर ६ गते १२:२५     विकासन्युज

काठमाडाैं । प्रदेश न.१ का मुख्यमन्त्री शेरधन राईले आफ्नो ५ वर्षे कार्यकालभित्र १५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताए । स्वतन्त्र ऊर्जा उत्पादक संस्थाले आयोजना गरेको ऊर्जा सम्मेलनमा बोल्दै उनले ५ वर्ष भित्र १५०० मेगावाट विद्युत उत्पादन गर्ने बताएका हुन् ।

उनले प्रदेश १ सरकारले जलविद्युत क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे उनले सरकार एक द्वार प्रणालीबाट काम गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै प्रदेश १ सरकार सधैं निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको बताए । ‘देशमा जलस्रोतको सम्भावना भएरपनि विदेशबाट ऊर्जा आयात गर्नु विडम्बना हो’ उनले भने, ‘ जलविद्युतको विकास गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ ।’

मात्रै १० हजार मेगावाटको क्षमता रहेको प्रदेश १ मा सरकारले तमोर मेघा जलविद्युत आयोजनामा निर्माण गर्ने योजना बनाइरहेको छ। प्रदेश १ मा जलविद्युत विकास गर्न र लगानीकर्तालाई आकर्षित गर्न छिट्टै नै उर्जा सम्मेलन जस्तो कार्यक्रम आयोजना गरेर अगाडि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.