धितोपत्र बोर्डको अध्यक्ष खुला प्रतिस्पर्धाबाट छानिने, सबै प्रक्रिया पुरा गर्न अझै २ महिना लाग्ने

  २०७६ मंसिर ६ गते ९:५२     विकासन्युज

काठमाडौं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्षकाे नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने भएकाे छ । नयाँ अध्यक्ष छनाैटका लागि गठित समितिले नयाँ अध्यक्ष खुला प्रतिस्पर्धाबाट छनाैट गर्ने गरी कार्यविधि बनाएकाे हाे । समितिले त्यसका लागि अर्काे सातामा खुला प्रतिस्पर्धामा सहभागी हुन चाहने उम्मेदवारलाई दरखास्त हाल्न आह्वान गर्ने तयारी गरेको छ ।  नयाँ अध्यक्ष कसरी छनौट गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनाएर अघि बढेको समितिले कार्यविधि तयार गरेसँगै आवेदन आह्वान गर्न लागेको हो ।

पहिलाे सूचनामा ३० दिनकाे म्याद दिएर आवेदन खुला गरिने छ भने कम्तिमा ५ जनाकाे पनि आवेदन नपरेमा थप १५ दिनकाे सूचना सार्वजनिक गरिने छ । सबै प्रक्रिया पुरा गर्न अझै दुइ महिना लाग्न सक्ने छनाैट समितिकाे एक सदस्यले भने ।

समितिले कार्यविधिलाई अन्तिम रुप दिएर अर्को साता इच्छुकहरुलाई आवेदन दिन सार्वजनिक आह्वान गर्ने तयारी गरेको समितिका एकजना सदस्यले जानकारी दिए । अर्थमन्त्रालयले गठन गरेको उक्त छनौटसमितिमा रामकुमार फुयाल संयोजक छन् भने राजश्व सचिव शिशिर ढुंगाना तथा नेपाल चार्टर्डएकाउन्टेन संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य रहेकाे समिति गठन गरेको छ ।

हामी नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयको वेभसाइटमार्फत् आवेदन आह्वान गर्नेछौं, इच्छुक व्यक्तिहरुले आफ्नो कार्यकालभरी धितोपत्र बजारमागर्ने काम तथा सुधारको प्रयास सहित कार्ययोजना बुझाउने र त्यसको प्रस्तुतीकरण गर्नुपर्ने व्यवस्था गरिनेछ । नेपाल धितोपत्र बोर्ड ऐन २०६३ ले स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरुमध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नुपर्ने प्रावधान राखेको छ । यसअघि पनि अध्यक्ष छनौट गर्दा समिति गठन गर्ने चलन रहेको भए पनि खुला प्रतिस्पर्धाबाट भने पहिलोपटक छनौट गर्न लागिएको हो ।

को आउला रेवतबहादुर कार्कीको उत्तराधिकारी ?

धितोपत्र बोर्डमा रेवतबहादुर कार्कीको कार्यकाल गत असोज ३० गते नै सकिएको थियो । उनको कार्यकालसँगै बोर्ड नेतृत्व विहीन बनेको छ । बोर्डमा रहँदा कार्कीले गेका सुधारका प्रयासहरुलाई निरन्तरता दिन तथा धितोपत्र बजार र अन्य अन्य सरोकारवालाहरुको चासोलाई समेत समेट्दै प्रतिस्पर्धात्मक बजार बनाउन दायित्व नयाँ अध्यक्ष छ ।

अहिलेसम्म सार्वजनिक आह्वान अध्यक्षका लागि कसकसले आवेदन दिन्छन् भन्ने निश्चित नभए पनिहाल बोर्डमा कार्यरत दुईजना कार्यकारी निर्देशकका साथै निर्देशक नवराज घिमिरे, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वासुदेव अधिकारी, भिष्मराज ढुंगाना, टंक पनेरु लगायत अध्यक्षका लागि आकांक्षी देखिएको र उनीहरुले आवेदन दिनसक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.