७० वर्षदेखि समग्र विकासमा नेपाल चेम्बर, पछिल्लो समय चुनौती बढ्दो

  २०७६ मंसिर ५ गते १७:२३     विकासन्युज

काठमाडौं । चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारण सभा तथा पदस्थापन समारोह समापन भएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेश काजी श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे ।

देश संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत वहश पैरवी, व्यापार प्रदर्शनीमा सहभागिता आदिमा संलग्न रहनु परेको भएकाले समेत जिल्ला र प्रदेश स्तरमा समेत जिल्ला चेम्बर अफकमर्सको विस्तार गरिएको बताए । यो व्यवस्थाले स्थानीय, जिल्ला र प्रदेश स्तरमा समेत निर्णय प्रकृया सरल, प्रभावकारी र व्यवहारिक हुने अध्यक्ष श्रेष्ठले भने ।

सो अवसरमा विशेष अतिथी संविधान सभा सदस्य कृष्ण पौडेलले नवलपुर चेम्बरले यस क्षेत्रका उद्यमी/व्यवसायीको समस्या समाधान गर्ने संस्थाको रुपमा कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए । चेम्बर प्रदेश अध्यक्ष यदुनाथ अधिकारीले जिल्ला चेम्बरहरुले समेत अन्तराष्ट्रिय मेला प्रदर्शनीमा सहभागि हुृने अवसर प्राप्त भएमा स्थानीय वस्तुले बजार पाई व्यापार घाटा कम हुन मद्दत पुग्ने विचार व्यक्त गरे ।

सोही अवसरमा चितवन चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले नवलपुर चेम्बरले खेलेको भूमिकाका आगमी दिनमा चूनौतीलाई अवसरको रुपमा लिइ अगाडी बढ्न चेम्बर सक्षम हुने अपेक्षा रहेको बताए । नवलपुर चेम्बर अफकमर्सका अध्यक्षदीपक भण्डारीको अध्यक्षतामा सम्पन्न सो सभामा सरकारी निकायका प्रतिनिधीहरु, प्रदेश चेम्बरका पदाधिकारीहरु, उद्यमी /व्यवसायीहरुको, उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.