सेञ्चुरी बैंकद्वारा बर्दिबासमा निः शुल्क आँखा शिविर संचालन

  २०७६ मंसिर ५ गते १७:११     विकासन्युज

बर्दिबास। सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निः शुल्क जांच गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

बैंकको अन्य जानकारीका लागी बैंकको वेबसाइट धधध।अभलतगचथदबलप।अयm।लउ तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.