दाेस्रो आन्तरिक पर्यटन मेला काठमाडौंमा, व्यापारिक प्रयोजनका १५० स्टल

  २०७६ मंसिर ५ गते १५:३३     विकासन्युज

काठमाडौं । डोमेस्टिक टुरिजम मार्टले फागुन ९ र १० गते (फ्रेबु्रअरी २१,२२) मा दोस्रो आन्तरिक पर्यटन मेला गर्ने भएकाे छ । मार्टकाे आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेलामा देशभरिका सबै पर्यटकीय स्थलको प्रदर्शन तयारी गरिएकाे हाे ।

पहिला देश अनि विदेश भन्ने नाराका साथ हुने उक्त मेलामा नेपाल  भित्र लुकेर रहेका पर्यटकीय गन्तव्यकाे दृश्य अवलाेकन गर्न सकिने छ । सो मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी, खानाको परिकार झल्किने गरी फुड स्टल समेत रहने पाइन्छ ।

मेलामा ग्राहकहरुले आफुले चाहेको वस्तुहरु खरिद गर्न सक्ने छन् । मेलामा लाखौ दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ । मेलामा हस्तकला सामाग्री, आफ्नै जिल्लामा उत्पादित खाद्य सामाग्री, पर्यटकीय क्षेत्रका होटल, ट्राभल, ट्रेकिङ, एयरलाइन्स, प्याकेज टुरका साथै पर्यटकीय क्षेत्रमा सक्रिय रहेका निजि कम्पनी तथा संघसंस्थाहरुले स्टल राख्ने छन् ।

साे मेलाको प्रमुख उद्देश्य आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । साथै, ७ वटै प्रदेशबाट संयोजक बनाउने तथा सहयोगी संघ संस्थाहरुबाट १ सय ५० वटा स्टलहरुलाई मध्यनजर गर्दै डीटीएम एक्सिलेन्ट अवार्ड समेत प्रदान गरिने डोमेस्टिक टुरिजमका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.