त्रिवि स्नातक तहको व्यवस्थापन संकायतर्फ नवाेदित कलेजका राजु भण्डारीले पाए गाेल्ड मेडल

  २०७६ मंसिर ५ गते १०:३९     विकासन्युज

काठमाडौं। त्रिभुवन विश्वविद्यालय स्नातक तहको व्यवस्थापन संकायतर्फ नवाेदित कलेजका राजु भण्डारीले प्रथम स्थान (गोल्ड मेडल) हासिल गरेका छन् । नवोदित विद्या कुञ्ज सामाखुशीमा अध्यनरत भण्डारीले नेपालभरका विधार्थीलाई पछि पार्दै ७८.६५५ प्रतिशत अंकल ल्याई ‘टीयू नेपाल टपर’ बन्न सफल भएका हुन् ।

भण्डारीले चारवर्षे व्यवस्थापन संकाय (२०७३–२०७६) अन्तर्गत प्रथम, दोस्राे, तेस्राे र चौथो वर्षमा क्रमशः ७७.८०, ७६.४०, ७५.२० र ८५.२० प्रतिशत अंक प्राप्त गर्न सफल भएका कलेजले जानकारी दियो ।

आफू नेपालभरबाट प्रथम भएको थाहा पाउँदा खुशीको सीमा नरहेको र यसमा नवोदित कलेज परिवारको ठूलो योगदान रहेको भण्डारीले बताए । कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले आफ्नो विद्यार्थीले गोल्ड मेडल प्राप्त गर्दा खुशी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.