मन्त्रिपरिषद् पुनर्गठन: ७ मन्त्री थपिए, ७ मन्त्री फालिए, गाेकर्ण विष्ट हटाइदा डा. खतिवडा यथावत

  २०७६ मंसिर ४ गते २२:०३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले ७ जना पुराना मन्त्री हटाएर ७ जना नयाँ अनुहार भित्र्याएका छन् ।

प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जिम्मेवारी दिइएकाे छ । घनश्याम भूसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रीकाे जिम्मेवारी दिइएकाे छ । हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले लेखराज भट्टलाई उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे जिम्मेवारी दिएका छन् । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाे जिम्मेवारी पार्वत गुरुङले पाएका छन् ।

उद्यमी माेतिलाल दुगडले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीकाे जिम्मेवारी पाएका छन् । रामेश्वर राय यादवलाई श्रम, राेजगार तथा सामाजिक सुरक्षा राज्य मन्त्री बनाइएकाे छ । रामबीर मानन्धर सहरी विकास राज्यमन्त्री भएका छन् ।

स्रोतकाअनुसार भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ ।  त्यस्तै, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन, न्याय तथा संघीय मामिला मन्त्रीकाे जिम्मेवारी दिइएकाे छ भने यसअघि कानुन मन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्रीकाे जिम्मेवारी ताेकिएकाे छ ।

अरू मन्त्रीहरूकाे जिम्मेवारी यथावत राखिएकाे छ । मन्त्रीमण्डल पुर्नगठन हुँदा हटाइने सक्ने अनुमान गरिएका अर्थमन्त्री युवराज खतिवडा, खानेपानी मन्त्री विना घर्तीमगरकाे जिम्मेवारी यथावत रहेकाे छ ।

नयाँ मन्त्रीहरूकाे नामावली र जिम्मेवारीकाे सूचि बुधबार नै राष्ट्रपति कार्यलयमा पेश गरिएकाे छ । उनीहरूले विहीबार सपथग्रहण गर्ने कार्यक्रम तय भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.