नेपालमा प्रत्येक १० जना व्यक्तिमा १ जनालाई सिओपिडी दम, करोडौं खर्चदा पनि न्यूनिकरण हुनसकेन

  २०७६ मंसिर ४ गते २०:०१     विकासन्युज

काठमाडौं। विश्वमा नसर्न रोग भयावह अवस्थामा छ । नेपालमा मात्र ६६ प्रतिशत मृत्यु नसर्न रोगको कारण हुने गर्छ । त्यही नसर्न रोग मध्ये  सिओपिडी दम राेग पनि एक हाे। याे एउटा दिर्घकालिन श्वासप्रश्वास सम्बन्धी रोग हो जसमा मुख्यतय श्वासप्रश्वास प्रवाहमा समस्या हुन्छ । बिशेषत यो समयसँगै बिग्रदै जाने हुन्छ । तर समयमै उपचार गरेमा यस रोगको रोकथाम र उपचार सम्भव छ ।

हाल विश्वमा अवस्था हेर्ने हो भने विश्व स्वास्थ्य संगठनको २०१६ को रिपोर्ट अनुसार विश्वमा २५ लाख मानिसहरु सिओपिडी दमबाट प्रभावित छन्। वार्षिक ३१.७ लाख मानिसहरुको मृत्यु यसको कारण हुने गर्छ।

हाल सिओपिडी संसारभरको मृत्युको चौथो कारण हो र २०३० सम्म यो तेस्रो कारण बन्ने अनुमान गरिएको छ। अझै ९० प्रतिशत सिओपिडी नेपाल जस्तो कम विकसित मुलुकहरुबाट हुने गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट जारी सोधपत्र अनुसार सिओपिडीको व्यापकता प्रति एक लाख व्यक्तीमा ५२.४९ प्रतिशत रहेको थियाे र यो पाँचाै नम्बरमा आएको थियो। २०१७ सम्म आईपुग्दा सिओपिडी व्यापकता ६० प्रतिशत भएर दोस्रो नम्बर मा पुगेको छ। यस अन्तरालमा सिओपिडी १५ प्रतिशतले बढेको हो । वायु प्रदुशण, धुम्रपान बढेसँगै यो नम्बर बढ्दै जाने बताईएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले १३ हजार नेपालीहरुमा हाल सालै गरेको खोज अनुसार ४ वटा नसर्ने रोग सिओपिडी, मधुमेह, म्रिगौला सम्बन्धी रोग र रक्त नली सम्बन्धी समस्या देखिएका छन्। यि रोगहरु मध्ये सिओपिडी सबैभन्दा बढी देखिएको छ। ११.७ प्रतिशत मानिसहरु सिओपिडी दम रोगको प्रभावमा छन् जसमा पुरुषहरुमा १२.६ प्रतिशत र महिलाहरुमा ११ प्रतिशत रहेको छ।

यधापी यससम्बन्धी मानिसहरुमा जनचेतन भने एकदमै कम रहेको छ। नेपालमा प्रत्येक १० जना व्यक्तीमा १ जनालाई सिओपिडी दम भएको अनुसन्धानले बताउँछ। यस्तै प्रदेश अनुसार कर्णाली प्रदेशका २५ प्रतिशत मानिसमा सिओपिडी दम देखिएको छ अर्थात प्रत्येक ४ जनामा १ जनालाई सिओपिडी दम रोग देखिएको छ। यस्तै दोस्रोमा प्रदेश २ मा १६.४ प्रतिशत अर्थात प्रत्येक ६ जनामा १ जनालाई सिओपिडी दम   देखिएको छ। यस्तै तेस्रोमा सुदुरपस्चिम प्रदेशमा १४.३, प्रदेश नम्बर ३ मा ११.७ प्रतिशत, प्रदेश ५ मा ९ प्रतिशत र प्रदेश १ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै अर्थात ६ प्रतिशतलाई सिओपिडी दम रोग लागेको देखिन्छ। हाल नेपालमा ३४ लाख व्यक्ति सिओपिडी दमबाट प्रभावित छन्।

नेपालमा हाल धुम्रपान गर्न व्यक्तिको संख्या दिनहुँ बढ्दो छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसार नेपालमा प्रत्येक ३ मा १ जनाले धुम्रपान गर्छन वा पहिला गर्थ। हाल धुम्रपान गर्न मानिसको संख्या हेर्न हो भने नेपालमा हाल प्रत्येक ५ जना व्यक्तिमा १ जना अर्थात ३० प्रतिशतले धुम्रपान गर्दछन् ।

धुम्रपान सिओपीडी हुनुको मुख्य कारण भए पनि अन्य कारणहरु पनि छन् जस्तै अहिले बढ्दै गईरहेको शहरीकरण त्यसका साथसाथै गाउँघरको चुल्होमा प्रयोग हुने बायोमास फियुल, दाउराको प्रयोगले चुल्हामा काम गर्ने महिलाहरुमा सिओपिडी लाग्न सक्ने सम्भावना उच्च हुन्छ। त्यसका साथसाथै बिकास निर्माणका कामहरु भएका ठाउँबाट निक्सने धुलो-धुवाँहरुले त एक त वायु प्रदुशण पनि गरिरहेका छन् र एक त त्यही काम गर्ने कामदारहरुलाई सबैभन्दा बढी असर गरिरहेको छ।

वायु प्रदुशणको हिसाबले नेपाल विश्वका ५ खराब मुलुकमा परेको छ। वायु प्रदुशणबाट नेपालमा वर्षनी एक हजार व्यक्तीले ज्यान गुमाउँदै आएका छन्।

सिओपिडी दमका मुख्य कारण 

१। धुम्रपान
२। बाह्य वायु प्रदुषण धुँवा, धुलो आदि
३। घर भित्र हुने वायु प्रदुषण चुल्होमा गोइठो, पराल, दाउरा आदिको प्रयोग
४। पेशागत जोखिम
५। बंशानुगत जोखिम

सिओपिडी दमका लक्षणहरू

मुख्य लक्षणहरू

१। स्वास प्रस्वासमा समस्या ( स्वाँस्वाँ हुने
२। खोकी ( सेतो वा पहेलो खकार

अन्य लक्षणहरू
१। छाति घ्यार घ्यार कराउने
२। औला वा जिब्रो निलो हुने
३। दुवै खुट्टा सुन्निने
३। पटक पटक छातीको संक्रमण हुने

सिओपिडी उपचार पद्दति

• नियमित इन्हेलर प्रयोग
• नियमित चिकित्षक संग जांच
• जोखिम कम गर्ने – धुम्रपान, बायु प्रदुषण, पेशागत जोखिम आदि
• अन्य रोगको निदान र उपचार
• स्वस्थकर बानी – नियमित व्यायाम स्वस्थकर आहार

यस रोग नियन्त्रणको लाग कति बजेट छुट्टाईएको छ ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका अनुसार दम, मुटु, मिर्गौला र मधुमेह रोगबारे सचेतना जगाउनकै लागि चालु आर्थिक वर्षमा मात्र ८ करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले यस रोगबारे सचेतना कार्यक्रमका लागि ३ वर्ष यता प्रत्येक प्रदेशमा १ करोड र केन्दमा ९४ लाख रुपैयाँ छुट्याएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ५१ वटा जिल्लाहरुमा दमको रोगको विषयमा सचेतनाको कार्यक्रम गरीरहेको दाबी गरेको छ । यधापी सरकारले करोडौं रुपैया छुटाउदै आए पनि यस रोगको बिरामी संख्या बढ्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.