जापानी कम्पनी हाज्माले पायो नागढुङ्गा-नौविसे सुरुङमार्ग निर्माणको कार्यादेश

  २०७६ मंसिर ४ गते १८:३८     विकासन्युज

काठमाडाैं । नागढुङ्गा– नौविसे सुरुङमार्ग निर्माण गर्न जापानी कम्पनी हाज्माले कार्यादेश पाएको छ । नौविसे सुरुङमार्ग आयोजनाले बिहिबार कम्पनीलाई कार्यादेश (टिओआर) हस्तान्तरण गरेकाे हो । आयोजना प्रमुख श्यामप्रसाद खरेलले हाज्मालाई ४२ महिनाको अवधिमा निर्माण गर्न निर्देशन दिएको बताए ।

उक्त कम्पनीले अब ४२ महिनाभित्र निर्माण सकेर सुरुङमार्ग हस्तान्तरण गर्नुपर्नेछ । उनले बाहिरका स्थायी संरचना र विल्डिङहरु निर्माण सुरु गर्न नगरपालिकामा नक्सा स्वीकृतको प्रक्रिया सुरु गरिएको बताए । त्यसै गरि २५ जना जापानीलाई भिसा परमिटको प्रकृया, मास्टर लिष्ट स्वीकृत, निर्माण सामाग्री आयातका लागि भन्सार सहजीकरणको काम सुरु भएको उनले जानकारी दिए।

उनले निर्माण सामाग्री ल्याउन अझै दुई/तीन महिना लाग्ने बताए । खरेलका अनुसार मास्टर लिष्ट तयार भएपछि इक्विपमेन्ट ल्याउने प्रकृया कम्पनीले सुरु गर्नेछ । उनका अनुसार सुरुङमार्ग बाहिरका कामहरु सुरु गरिएको छ। क्याम्प राख्ने, साईटसम्म पुग्ने लिकंरोड निर्माण लगायतको काम भइरहेको छ। आयोजनाका अनुसार सुरुङमार्गभित्रको भन्दा बाहिरको काम धेरै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.