सञ्चार मन्त्रालयकाे सचिवमा दीपक सुवेदी, भन्छन्-मेराे लागि नयाँ काम

  २०७६ मंसिर ४ गते १८:३६     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् । यसअघि सुवेदी प्रदेश २ का मुख्य सचिव रहेर कार्य सम्पादन गर्दै आएका थिए । सचिव सुवेदीले बुधबारबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हालेका हुन् । उनका लागि यो मन्त्रालय नयाँ हो ।

उनले सञ्चार मन्त्रालय आफ्ना लागि बिलकुलै नयाँ मन्त्रालय भएकोले मन्त्रालयका सबै कर्मचारीहरुको साथ र सहयोगबाट कार्य सम्पादन गर्ने अपेक्षा गरेका छन् । यसअघि सो मन्त्रालयमा सचिवको जिम्मेवारी महेन्द्रमान गुरुङले सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.