नेपाल बंगलादेश बैंकद्धारा नवकिरण अनाथ, असहाय बालउत्थान समाजलाई ब्ल्यांकेट हस्तान्तरण

  २०७६ मंसिर ४ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको छ । बैंकले विश्व बालदिवसको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार ललितपुर-२३ हात्तीवन, धापाखेलस्थित उक्त समाजलाई सो मात्राको ब्ल्यांकेट हस्तान्तरण गरेको हो ।

बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको हो । बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा सो संस्थाकी अध्यक्ष सावित्री पोखरेलले सो सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

साथै, बैंकले आफ्नो संस्थागत नारा ‘हामी सबैको बैंक’भन्ने रहेकोले सो नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.