किष्ट मेडिकल कलेजकाे मातहतबाट“सन्ध्याकालिन विशेषज्ञ सेवा” प्रदान

  २०७६ मंसिर ४ गते १७:५२     विकासन्युज

काठमाडौं । किष्ट मेडिकल कलेज मातहतको शिक्षण अस्पतालमा “सन्ध्याकालीन विशेषज्ञ सेवा” पूर्णकालिन रुपमा सञ्चालन भएको गरेको छ । १२ बर्षको अवधिमा यस कलेजले पाँच सयभन्दा बढी चिकित्सक छन् । जनशाक्ति उत्पादनका लागी आवश्यक पर्ने ठूलो मात्राको विशेषज्ञ जनशाक्ति रहेको यस शिक्षण अस्पतालको पकड क्षेत्रका सर्वसाधारण जनताहरुको कठिनाईलाई महसूुस गरेका छन् ।

जनसमुदाय एवम् विद्यालय÷कलेज जाने विद्यार्थी वर्गहरुलाई समेत लक्षित गरि आफूसँग भएको ठूलो साधन र स्रोतलाई ती समूदायको हितमा प्रयोग गर्ने उद्देश्यले आफ्नो सेवालाई विस्तार गरि “सन्ध्याकालीन विशेषज्ञ सेवा”कार्यक्रम सञ्चालन गरेको छ । गतमंसिर एकगते वाङम्य शाताब्दी पुरुष डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा शुरु भयो । कार्यक्रम उद्घाटनका क्रममा वाङम्य पुरुषले विशेषज्ञ सेवा नैतिक जिम्मेवारीका साथ उपलब्ध गराउन स्वास्थ्य विशेषज्ञहरुलाई सुझाव दिए ।

डा.जोशी यस अघि यस शिक्षण अस्पतालमा विरामी पर्दा आउने गरेर करिव १ दशक अगाडि उनको हर्निया सम्बन्धि समस्याको शल्यक्रिया सो अस्पतालमा भएको थियो । अस्पतालको सेवाबाट आफू खुशी रहेको र हाल अत्याधुनिक प्रविधियूक्त विभिन्न विधाका विशेषज्ञहरुको सलंग्नता रहेको बताए । सोहि कार्यक्रममा वाङम्य शाताब्दी पुरुष डा.जोशीलाई समाज र संस्कृतिप्रति पुत्याएका योगदानका शिक्षण अस्पतालका कार्यकारी अध्यक्ष ई.आशिष थापाले प्रशंसा गर्दै सम्मानपत्र प्रदान गर्याे ।

अस्पतालले सबै रोगका समस्यालाई सहजिकरण गर्दै आएको अस्पताल स्रोतले जनाएको छ । यस कार्यक्रमले ललितपुरको विशेष गरि यातायातको असुविधा भएको पूर्वी र दक्षिण भेगका बासिन्दाहरुलाई विशेष सेवातथा सहयोग पुर्याउने नै छ, भने ललितपुरको सहरी क्षेत्रका बसिन्दाहरुलाई अझ बढी सहजताका साथ सेवाप्रदान गर्ने लक्ष्य रहेको छ । कार्यक्रम उद्घाटन समारोहमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ लगायत दश वटै वडाका अध्यक्ष एवं स्वास्थ्य कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.