आईडीपी आईएलटीएसद्वारा अल्फाबिटा सम्मानित

  २०७६ मंसिर ४ गते १६:५०     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रमा चर्चित अल्फाबिटा एजुकेशन कन्सल्टेन्सी पुरस्कृत भएको छ । आईएलटीएस परीक्षा संचालन गर्दै आएको ‘आईडीपीआईएल’ले ‘नेपाल्स नम्बर वान बिजनेस पार्टनर’को रुपमा अल्फाबिटालाई पुरस्कारसहित सम्मान गरेको हो ।

आईएलटीएस परीक्षामा सबैभन्दा धेरै विद्यार्थी अल्फाबिटाबाटै सहभागीहुने भएका कारणले उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ । यसअघि सन् २०१७ र २०१८ मा पनि अल्फाबिटा यो पुरस्कारबाट सम्मानित भइसकेको छ ।

अल्फाबिटा नेपालमा पहिलो पटक ब्रिजकोर्स सुरुवात गर्ने संस्था हो । संस्थाले विगत २८ वर्षदेखि विद्यार्थीलाई शैक्षिक परामर्श प्रदानगर्दै आएको छ । अल्फाबिटाले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाहरु समेत आयोजना गर्दै आएको छ ।

अल्फाबिटाका अध्यक्ष तथा सीईओ द्विराजशर्मा संस्थाकोे गुणस्तरीय परामर्श र विद्यार्थीको आकर्षणले नै सम्मान प्राप्त भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.