सिटिजन शुभारम्भ जीवन बीमा योजनामा सर्वसाधारणको आकर्षण, दुई सातामै तीन हजार बढी बीमित आवद्ध

  २०७६ मंसिर ४ गते १४:२७     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै सञ्चालनमा ल्याएको ‘सिटिजन शुभारम्भ जीवन बीमा’ योजनामा सर्वसाधारणको आकर्षण बढी देखिएको छ । न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने यस योजनामा साधारण मृत्युमा डबल रकम तथा दुर्घटनामा तीन गुणा रकम भुक्तानी पाइने भएपछि सर्वसाधारणको आकर्षण बढेको हो ।

कम्पनीले कात्तिक २१ गतेदेखि शुरु गरेको उक्त योजनामा हालसम्म तीन हजार भन्दा बढी बीमितहरु आवद्ध भइसकेका छन् । संचालनमा ल्याएको दुई साता अर्थात १४ दिनको अवधिमै सो संख्याका बीमितहरु आवद्ध भएका कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले गरिबीको रेखामुनि रहेका नागरिकलाई समेत समेट्ने गरी न्यूनतम १० हजार रुपैयाँमै बीमा गर्न सकिने नयाँ योजना बजारमा ल्याएको थियो । बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउन सहयोग पुर्याउने यस योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्दछ ।

कम्पनीका अनुसार यस योजनामार्फत बीमितले साधारण मृत्युमा बीमाङ्कको डबल रकम एवम् दुर्घटना मृत्युमा बीमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्ततालाभ, बीमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको छ ।

२०७४ कार्तिक देखि संचालनमा आएको यस इन्स्योरेन्सले यस अघिपनि पेन्सनको सुविधा सहितको बीमितको आफ्नै जीवन कालमा बीमाङ्कको डबल प्लस बोनसको व्यवस्था सहितको सिटिजन जीवन सारथी बीमा योजना र उपचार खर्च अब सिटिजन लाईफले गर्छ नारा सहितको सिटिजन क्रिटिकल केयर नामको २० वटा घातक रोग सुरक्षाबीमा योजना प्रचलनमा ल्याएको छ । जस अन्तर्गत सो रोगहरु लागेको सुनिश्चित हुनासाथ ५० लाख रुपैयाँसम्म कम्पनीले भुक्तानी गर्ने र सो को बिलबिजक नचाहिने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले हाल १०० वटा कार्यालयहरुमार्फत आफ्ना ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

सिटिजन लाइफमा १० हजारमा जीवन बीमा, साधारण मृत्युमा डबल रकम, दुर्घटनामा तीन गुणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.