सिजीले नेपाली बजारमा ल्यायो जाडोका घरायसी सामाग्री

  २०७६ मंसिर ४ गते ११:५२     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । जस अन्तर्गत रुम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरु रहेका छन् ।

रुम हिटर र हेलोजिन हिटरमा हालै नयाँ स्वरुप र आकर्षक रंगहरुमा आएको छ । जसले कोठालाई एकदमै न्यानो पार्ने गर्दछ । जाडोमा पनि सजिलैसँग नुहाउन सकिने बनाउन सि.जी.ले ग्याँस तथा इलेक्ट्रीक गरी दुई किसिमका गिजरहरु बजारमा ल्याएको छ ।

त्यसैगरी, केही समयमानै कुनै झ्नझ्ट विना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् । तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि बजारमा उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.