हिमालय एयरलाइन्सद्वारा काठमाडौं – गुइयाङ हवाइ सेवा शुरु

  २०७६ मंसिर ४ गते ११:३६     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौं र गुइयाङ जोड्ने नयाँ सेवा शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को संघारमा नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्यले उक्त उडान शुरु भएको हो ।

प्रत्येक वर्ष धेरैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने सहर गुइयाङ चीनको प्रमुख पर्यटकीय शहर हो । हिमालय एअरलाइन्स प्रत्येक मंगलबार काठमाडौंबाट गुइयाङका लागि उडान भर्नेछ र सोहि दिन फर्कनेछ हिमालय एयरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो ।

नयाँ सेवा विस्तारसँगै नेपालीहरुले चीनमा नयाँ गन्तव्य स्थलका निम्ति सरल, मितव्ययी र सिधा सञ्जालको सुविधा पाउन सक्नेछन् । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ३ गते स्थानीय समय १०ः२५ मा गुइयाङ्का लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको छ । आवागमन उडान गुइयाङ्को लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः०८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १९ः३६ मा अवतरण गरेको छ ।

‘चीन हाम्रो प्रमुख लक्षित बजार मध्य एक हो । गुइयाङसम्म हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा हामी एकदमै प्रशन्न छौं । यो नयाँ थपिएको रुट नेपाल भ्रमण बर्ष २०२० का लागि हाम्रो प्रतिबद्धताकै एउटा कदम हो जसले धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई आकर्षित गर्नेछ । हामीले नियमित रुपमा सम्भावित रुटहरुको अध्ययन गरिरहेका छौं र काठमाडौंबाट गुइयाङ उडान भर्ने यात्रुहरुको लागि यो उत्कृष्ट रोजाईको गन्तव्यस्थल हुनेछ ।

’गुइयाङको यो नयाँ उडानले व्यावसायिक र पर्यटकीय चिनियाँ यात्रुहरुका छनौट र सुविधाहरु उपलब्ध गराउँदै निर्वाध सञ्जालको विकल्पहरु उपलब्ध गराउनेछ । हिमालय एयरलाइन्स चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन र दुवै देशको आर्थिक पर्यटनलाई प्रवद्र्धन गर्न साधक बन्नेछ । यो नयाँ सेवा चीन भ्रमण गर्ने नेपालीहरुका लागि सबैभन्दा बढी रोजाईमा पर्ने गन्तव्यस्थल हुनेमा हामी विश्वस्त छौं ।’ प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा हेरेको छ, जुन विगतका केही वर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही वर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३,४८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ । यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५५ हो ।

सन् २०१९ (जनवरी देखि अक्टुबर सम्म)को वार्षिक तुलना गर्ने हो भने कुल १३४,२८१ चिनियाँ पर्यटक भित्रिएसँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२५ ले वृद्धि भएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ ।

हिमालय एयरलाईन्सको बारेमा

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्सले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।

एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एयरलाइन्सले तीन वर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए३२० जहाज कायम गर्न र पाँचवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । उक्त एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एसियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङ्गलाई आफ्नो सञ्जालमा जोडेको छ ।

अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, बेइजिङ्ग र गुइयाङमा उडान सेवा भर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एक मात्र एयरलाइन्स हिमालय एयरलाइन्स हो र हाल चीनमा उडान भर्ने एक मात्र नेपाली एयरलनईन हो । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।

साथै, निकट भविष्यमा नै ल्हासा जस्ता उच्च स्थानमा उडान भर्नका निम्ति एयरलाइन्सले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने विचार गरी एयरलाइन्सले बेइजिङमा पहिलो उडान सुरुवात गर्दै क्रम्शैस् चाङसा, नाङचाङ, चोङकिङ, अलि र शेन्जेङ्गमा विस्तार गर्नेछ ।

व्यावसायिक रुपमा काम सुरु गरेको एक वर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो । यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा एयरलाइन्सले गरेको अथक प्रयासको सम्मान गरेको छ र आगामी दिनमा उड्ययन क्षेत्रमा हिमालय एयरलाइन्सलाई अझै परिस्कृत गर्दै लैजान उर्जा प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.