‘एनएस १६०’ भर्सेस ‘आरटिआर १६० ४भि’, कसको पल्ला भारी ?

  २०७६ मंसिर ३ गते १८:०९     विकासन्युज

खासगरी मोटरसाइकल किन्नु अघि ग्राहकले उचित मूल्य, राम्रो पर्फमेन्स, आकर्षक लुक्स तथा राम्रो माइलेज लगायतका कुराहरुलाई ध्यानमा राख्ने गर्दछन् । हाल नेपाली बजारमा यी सम्पूर्ण खुबीहरु भएको मोटरसाइकलका रुपमा बजाजको ‘एनएस १६०’ र टिभिएसको ‘अपाचे आरटिआर १६० ४भि’ लाई लिन सकिन्छ ।

एउटै सेग्मेन्टको मोटरसाइकल भएता पनि यिनिहरुका बीच धेरै भिन्नता पाइन्छन् । आज हामिले यहि भिन्नताहरुलाई तपाईंका सामू प्रस्तुत गरेका छौं जसले तपाईंलाई यी दुई मोटरसाइकलमध्ये बाट कुनै एउटा चयन गर्नमा मद्दत पुग्नेछ ।

लुक्स

एनएस १६० र आरटिआर १६० दुवैको लुक्स क्रमशः आफ्नो २०० सीसीको इल्डर सिबलिंग्स एनएस २०० र आरटिआर २०० ४भि जस्तै छ । एनएस १६० ले टल अपेरियन्स र स्लीक लुक्स पाएको छ भने आरटिआर १६० ४भिले स्पोर्टि लुक्स र मस्कुलर लुक्स पाएको छ । एनएस १६० मा एनएस २०० को जस्तै सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर दिइएको छ भने आरटिआर १६० ४भि मा भएको कन्सोल फुल डिजिटल रहेको छ । त्यसैगरी तुलनात्मक रुपमा एनएस १६० को टायरहरु अलि पातलो रहेको छ।

इञ्जिन

एनएस १६० मा १६०.३ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन दिइएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क प्रोड्युस गर्दछ । आरटिआर १६० ४भि मा चाहिँ १५९.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन दिइएको छ जसले १६.२८ बीएचपीको पावर र १४.८ एनएमको टर्क प्रोड्युस गर्दछ । दुवै बाइकहरुमा ५–स्पिड गियरबक्स दिइएको छ ।

डाइमेन्सन

एनएस १६० को सिट हाइट ८०५ मिलिमिटर छ भने आरटिआर १६० ४भि को चाहिँ ८०० मिलिमिटर रहेको छ । त्यसैगरी एनएस १६० को ग्राउण्ड क्लियरेन्स १७६ मिलिमिटर छ भने आरटिआर १६० ४भि को चाहिँ १८० मिलिमिटर छ । एनएस १६० को कर्व वेट १४२ के.जी. छ भने आरटिआर १६० ४भि को चाहिँ १४३ के.जी. रहेको छ । दुवै बाइकहरुको फ्युल ट्याङ्क क्यापासिटी भने १२ लिटर रहेको छ ।

ब्रेक र सस्पेन्सन

बजाज र टिभिएस दुवैले उपरोक्त बाइकहरुका दुवै चक्कामा डिस्क ब्रेक दिएका छन् । एनएस १६० को एउटा भेरियन्टमा भने पछाडिको चक्कामा ड्रम ब्रेक जडान गरिएको छ । त्यसैगरी सस्पेन्सनको कुरा गर्नुपर्दा दुवै बाइकहरुमा अगाडि तर्फ टेलिस्कपिक फर्क र पछाडि चाहिँ मोनोशक दिइएको छ ।

टप स्पिड र माइलेज

दुवै बाइकहरुको इञ्जिन क्षमता उस्तै नै भएको हुनाले यिनिहरुले दिने माइलेज र टप स्पिड पनि लगभग समान छ । एनएस १६० र आरटिआर १६० ४भि दुवैले ४५ केएमपीएल हाराहारी माइलेज र ११५ प्लस केएमपीएचको टप स्पिड दिन्छन् ।

पर्फमेन्स

एनएस १६० को सिटिङ्ग पोजिसन अपराइट रहेको छ भने आरटिआर १६० चाहिँ तुलनात्मक रुपमा अलि कमिटेड रहेको छ । त्यसैगरी एनएस १६० को पावर डेलिभरी सवै आरपीएममा लिनियर नै रहेको छ भने आरटिआर १६० मा सुरुवाती अवस्थामा अलि बढि पावर फिल हुन्छ ।

मूल्य

बजाज टू ह्विलर्सको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.लेपल्सर एनएस १६० को मूल्य नेपाली बजारमा दुई लाख ८६ हजार नौ सय रुपैयाँ तोकेको छ भने टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.लेअपाचे आरटिआर १६० ४भि लाई दुई लाख ८८ हजार नौ सय रुपैयाँ मूल्यमा विक्री वितरण गरिरहेको छ ।

एचएच बजाजले जनाए अनुसार एनएस १६० लाई अबको केहि दिनमै एबिएस सहित नेपाली बजारमा भित्र्याउने तयारी भइरहेको छ र सो बाइकको मूल्य भने दुई लाख ८९ हजार नौ सय रुपैयाँ तोकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.