हेटौंडाबासीको आगनमै विमानस्थल, ३५० विगाहमा निर्माण हुने भएपछि स्थानीय हर्षित

  २०७६ मंसिर ३ गते १६:४०     राजाराम न्यौपाने

काठमाडौं । हेटौंडाकाे बसामाडीमा नयाँ विमानस्थल बन्ने भएकाे छ । प्रदेश तीन सरकार र  स्थानियतहले विमानस्थल निर्माणमा सक्रियता देखाएसँगै विमानस्थल बन्ने भएकाे हाे । हाल जिल्लाकाे हेटौंडा उपमहानगरपालिका वडा नं ३ को बसामाडीमा निर्माण हुने विमानस्थलकाे सम्भाव्यता अध्ययन भइरहेकाे छ ।

प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेश ३ का मुख्य सचिव तोयम राय र प्रविधिक टोलीले ३ महिनाअगाडि नै विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । उनीहरूले विमानस्थलकाे निरीक्षण गरसँगै काम अघि बढाउन पहल गरेकाे बताएका छन् ।

निरीक्षणमा रहेकाे प्राविधिक टाेलीले युनिलिवर कम्पनीको उद्योगबाट दक्षिण तर्फ र राप्ती खोलाको किनारामा रहेको बगर क्षेत्रलाई तटबन्ध गरी विमानस्थल निर्माण गर्ने सकिने बताएकाे थियाे ।प्रविधिक तथा विज्ञ टोलीले आसपासका क्षेत्रमा खेतीयोग्य जमिन नभएकोले विमानस्थल निर्माणका लागि राम्रो हुने बताएकाे छ ।

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले  विमानस्थल निर्माणको लागि उपयुक्त देखिएपछि विमानस्थल निर्माणकाे प्रक्रिया अगाडि बढाएका छन् । प्रदेश सरकारले विमानस्थल निर्माणको लागि पहल सुरु गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताए । हाल पूर्व पर्श्चिम राजमार्गको दक्षिणतर्फ रहेको करिब ३ सय ५० विगाह जमिनमा आन्तरिक विमानस्थल निर्माण सम्भाव्यता अध्ययन भइरहेको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले विमानस्थल निर्माणको लागि माटो परिक्षण हुने क्रममा रहेको बताए । उनले विमानस्थल निर्माणमा कति लागत लाग्छ भन्ने कुरा केही दिनमै टुङ्गाे लाग्ने जानकारी दिए । हाल हेटाैंडाबसीले सिमारा विमानस्थल र चितवनकाे विमानस्थल प्रयाेग गर्दै  आएका छन् ।

उक्त विमानस्थल निर्माण भएसँगै उनीहरूले १/२ घण्टा लगाएर हवाई सेवा लिने अवस्था हट्नेछ । प्रदेश राजधानीमा विमानस्थलको आवश्यक रहेकोले प्रदेश सरकार र स्थानीय सरकारको सक्रियतामा विमालस्थल निर्माण गर्न लागेको हो ।

हेटौंडा उपमहानगरपालिका ३ का वडा अध्यक्ष रामकुमार पुडासैनीले  विमानस्थलको लागि चाहिने ३ सय ५० विगाह जग्गा सर्वाजनिक भएकाले पनि निर्माणका लागि सहज र सरल हुने बताए । बाढी आउने बगरलाई तटबन्ध निर्माण गरी उपयोगविहिन जग्गालाई भरपुर उपयोग गर्न सकिने स्थानीयको भनाइ छ । विमानस्थल निर्माण हुने भएसँगै स्थानियहरू खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.