घट्न थाल्यो स्वदेशी लगानी प्रतिवद्धता, विदेशी भने ६ अर्बले बढ्याे

  २०७६ मंसिर ३ गते १३:१२     विकासन्युज

काठमाडौं । उद्योग विभागमा पछिल्लो समय स्वदेशी लगानी प्रतिवद्धता घट्न थालेको छ । आर्थिक वर्षको पहिलो ४ महिनामा १७ अर्ब १० लाख विदेशी लगानी प्रतिवद्धता आएको छ । अघिल्लो आवको पहिलो ४ महिनामा ११ अर्ब ९३ करोड ३० लाख विदेशी लगानी प्रतिवद्धता आएको थियो । विदेशी लगानी प्रतिवद्धतामा भने ६ अर्बले वृद्धि भएको छ ।

स्वदेशी लगानी प्रतिवद्धता घटेपिन विदेशी लगानी प्रतिवद्धता भने वृद्धि हुँदै गहिरहेको छ । आर्थिक वर्षको पहिलो ४ महिनामा स्वदेशी लगानी प्रतिवद्धतामा १ अर्बले कमी आएको छ । विदेशी लगानी प्रतिवद्धतामा भने ६ अर्बले वृद्धिभएको छ ।

गत जेठ १ गते देखि एकल विन्दु सेवा केन्द्र सञ्चालनमा आएपछि अघिल्लो वर्षको तुलनामा स्वदेशी तथा विदेशी लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गहिरहेको थियो । यो आर्थिक वर्षमा पछिल्लो ४ महिनामा भने स्वदेशी लगानी प्रतिवद्धता ओरालो लागेको हो ।

उद्योग विभागको तथ्याङ्क अनुसार सो आर्थिक वर्षको पहिलो ४ महिनामा ६९ अर्ब ४५ करोड १० लाख लगानी प्रतिवद्धता आएको छ । गत आबको पहिलो ४ महिनामा ७० अर्ब ४० करोड २० लाखको लगानी प्रतिवद्धता आएको थियो ।

लगानी प्रतिवद्धतामा उद्योग विभागमा विभिन्न प्रकृतिका उद्योग दर्ता हुँदै आएका छन् । पर्यटनमूलक, उर्जामूलक र उत्पादनमूलक उद्योगमा बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा दर्ता भएका उद्योगमा सबैभन्दा धेरै पर्यटनमूलक क्षेत्रका छन् । विभागमा दर्ता भएका ११५ वटा उद्योगमध्ये पर्यटनमूलक क्षेत्रअन्तर्गत ४६ वटा छन् । सेवामूलकमा १८ वाट, उत्पादनमूलक उद्योगमा २४, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ५ वटा, ऊर्जामूलकमा १९ वटा र कृषि तथा वन पैदावारमूलकमा ३ वटा उद्योग दर्ता भएका छन् ।

उद्योग विभागका महानिर्देशक तथा एकल विन्दु सेवा केन्द्रका प्रमुख जिवन प्रकाश सिटौलाले भने ठूला लगानी बोर्डमा जाने नयाँ कानुन भएकाले पनि उद्योग विभागमा लगानी प्रतिवद्धता कम आएको बताए ।

उनले प्रक्रिया र डकुमेन्ट पुरा लिएर आएका सेवाग्राहीको काम सेवा केन्द्रबाट छिटोछरितो रुपमा भएको बताए । सबै काम एकै ठाउँबाट हुने भएकाले पनि विदेशी लगानी प्रतिवद्धतामा आकर्षण बढेको हाे ।

उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समयमा उद्योगीहरुलाई सरकारले लगानीको राम्रो वातावरण नबनाएको कारणले पनि लगानी कर्ताहरु आर्कषण केही कमी आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.