२०७६ मंसिर ३ गते १०:५६ विकासन्युज
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आगामी मंसिर ३० गते १३ औं वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले होटल पोखरा ग्राण्डमा उक्त साधारण सभा गर्ने लागेको हो ।
बैकले आफ्नो साधारण सभा मार्फत सामान्य तथा विशेष प्रस्तावहरू पारित गर्ने छ । साथै, साभारण सभाको प्रयोजनार्थ मंसिर २३ गतेदेखि ३० गतेसम्म (बुक क्लोज)शेयर दाखिल खारेज बन्द रहने कम्पनी सचिव डण्डपानी ढकालले जनाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.