सर्वसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्तावसहित इन्फ्रास्ट्रकचर बैंकको प्रथम साधारणसभा मंसिर २९ गते

  २०७६ मंसिर ३ गते ९:५९     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रथम साधारणसभा यहि मंसिर २९ गते आइतबार हुने भएको छ । बैंक संचालक समितिको यस अघि कार्तिक २५ गते बसेको बैठकले ¥याडिसन होटल, लाजिम्पाटमा बेलुका ४ बजे प्रथम साधारणसभा हुने मितितय गरेको हो ।

सभामा सर्वसाधारणको लागि छुट्याइएको ४० प्रतिशत शेयर निष्काशन सम्बन्धि प्रस्ताव पेश गर्ने बैंकको कार्य तालिका रहेको छ । सर्वसाधारण र कर्मचारीका लागि छुट्याएको ८ अर्ब रुपैयाँको ८ करोड कित्ता शेयर निष्काशन गर्ने विषयमा साधारणसभामा विशेष छलफल गरी पारित गर्ने विषय राखिएको छ ।

शेयर निष्कासन प्रस्ताव पारित भएपछि बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँबाट बढेर २० अर्ब पुग्नेछ । यसै अनुरुप बैंकको प्रवन्धपत्र संशोधन गर्ने तथा संस्थापक समूहबाट प्रतिनिधित्व गने संचालकको निर्वाचन गर्ने कार्य तालिका साधारणसभाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.