बीएफआईएनले मंसिर ४ गते अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्दै

  २०७६ मंसिर २ गते २०:०९     विकासन्युज

काठमाडौं । बैकिंङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल(बीएफआईएन) लिमिटेडले आगामी मंसिर ४ गते ‘एमएफआई बोर्ड अफ डाइरेक्टरर्स एण्ड म्यानेजमेन्ट कनसोटियम २०१९’ सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने भएको छ । कम्पनीले सो दिन बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।

नेपालमा लघुवित्त संस्थाहरुले पुर्याएको योगदान तथा देखिएका चुनौतीहरु बारे छलफल गर्न र बंगलादेशका लघुवित्त संस्थाहरुको अनुभव र लघुवित्तबाट वाणिज्य बैंकका रुपमा परिणत भएको बन्धन बैंकको अनुभवबाट नेपालका माइक्रोफाइनान्स इन्स्टिट्युसनस्ले के कस्तो बिषयहरुमा कार्वान्वयन ल्याउन सकिन्छ भन्ने उद्धेश्यले यो सम्मेलन आयोजना गरिएको बीएफआईएनका कार्यकारी निर्देशकले बताए ।

बीएफआईएन र माइक्रोफाइनान्स एसोसियसनस् अफ नेपालले आयोजना गरेको यस सम्मेलनमा १५० जना सहभागीहरुले भाग लिने अपेक्षा गरिएको छ । साथै, यस सम्मेलनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लघुवित्तका संचालकहरु, प्रमुखहरु र कर्मचारीहरुको ज्ञान बृद्धि गर्नमा योगदान पुग्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.