किन किन्ने यामाहाको ‘एफजि २५ एबीएस’? जान्नुस ६ कारण

  २०७६ मंसिर २ गते १९:२०     विकासन्युज

काठमाडाैं । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले केहि दिन अघि मात्र एफजि २५ को एबीएस भर्जनलाई नेपाली बजारमा भित्र्याएको छ । नेपाली बजारमा एफजि २५ एबीएसको मूल्य चार लाख २९ हजार नौ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार एफजि २५ एबीएस नेपालमा लञ्च भएसँगै सो बाइकको नन-एबीएस भर्जनको भने विक्री वितरण बन्द भएको छ ।

१. लुक्स

एफजि २५ को मस्कुलर ट्याङ्क, शार्प एज, फ्युचरस्टीक एलईडी हेडलाइट एवं टेल लाइट लगायतले यस बाइकलाई एकदमै एग्रेशिभ लुक्स प्रदान गरेको छ । त्यसैगरी यसको हेभि डाइमेन्सन र चौडा टायरहरुको कारण यस बाइकले दमदार रोड प्रेजेन्स पाएको छ । यसका साथै बाइकको विभिन्न पार्टस्हरुमा दिइएको म्याट ब्ल्याक फिनिसिङ्गले गर्दा यस बाइकले पर्फेक्ट फिनिसिङ्ग पाएको भान पनि हुन्छ ।

२. डुअल-च्यानल एबीएस

नेपालमा लञ्च भए पश्चात् नेपालीहरुले एफजि २५ मा एबीएसको अनुभव लिन पाउने भएका छन् । दुवै चक्काहरुमा एबीएस दिइएको हुनाले यस बाइकको ब्रेकिङ्ग एकदमै सुरक्षित हुन पुगेको छ ।

३. पावर र टर्क

एफजि २५ मा २४९ सीसीको फ्युल इन्जेक्टेड, ओयल कुल्ड इञ्जिन समावेस छ जसले २०.९ एचपीको पावर र २० एनएमको टर्क प्रोड्युस गर्दछ । यस इञ्जिनको सवल पक्ष भनेको यसले केवल ६००० आरपीएम मै २० एनएमको टर्क उत्पादन गर्न सक्छ जसले गर्दा बाइकले राम्रो सुरुवाती पुल पाएको छ ।

४. विश्वसनियता

यामाहाले एफजि २५ मा राम्रो क्वालिटीका पार्टस्हरु प्रयोग गरेको छ । त्यसैगरी, यस बाइकको इञ्जिन आयु लामो हुनु, यामाहाको सर्भिस सेन्टर ठाउँठाउँमै तथा सबै पार्टस्हरु सजिलै उपलब्ध हुनु लगायतले एफजि २५ सबैको रोजाई बन्न सफल भएको छ ।

५. तौल

एफजि २५ को तौल केवल १५२ केजी रहेको छ जसले गर्दा यो बाइकलाई चलाउँदा हल्का फिल हुन्छ । त्यसैगरी यसको पावर २०.९ बीएचपी भएको हुनाले यसको पावर टु वेट रेसियो पनि राम्रो हुन गएको छ जसले गर्दा बाइकको सुरुवाती गती बढ्न पुगेको छ ।

६. उत्कृष्ट माइलेज

एफजि २५ ले ४३ केएमपीएलको माइलेज दिन्छ भनी कम्पनीले दावी गरेको छ । बजारमा ३० केएमपीएल हाराहारीको माइलेज दिने २०० सीसीका बाइकहरु रहेकोअवस्थामा यो २५० सीसी बाइकले यति धेरै माइलेज दिनुलाई यस बाइकको सवल पक्षका रुपमा लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.