४८ हजार ८ सय मूल्यकाे सामसङ ‘ए सेभेन जीरो एस’ नेपाली बजारमा, के-के छन् विशेषता ?

  २०७६ मंसिर २ गते १९:०५     विकासन्युज

काठमाडाैं ।  विश्वको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड, सामसङले नयाँ ग्यालेक्सी ‘ए सेभेनजिरो एस’ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार मात्रै नयाँ स्मार्टफोन ग्यालेक्सी ‘ए सेभेन जीरो एस’ नेपाल भित्र्याएको हो ।

उक्त मोबाइलमा नाइट मोडमा एवं सुपर स्टेडी भिडियोको साथ ६४ मेगापिम्सलको ट्रिपल क्यामेरा रहेको छ । यस्तै एआई गेम बुस्टर, ४५ सय एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्टचार्जिङ्ग जस्ता विशेषताहरु रहेको सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले बताए ।

मोबाइलमा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले, अक्टाकोर क्वालकोम स्न्यापड्रैगन ६७५ प्रोसेसरको स्विधा रहेको बताए । स्थापितले नेपाली बजारमा उक्त मोबाइलको मूल्य ४८ हजार ८ सय ९० रहेको बताए । मोबाइलमा ६ जीबि प्लस १२८ मेमोरी रहेको छ ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.