सिटिजन्स बैंकका ग्राहकले चिरायु नेसनल हस्पिटलको सेवा शुल्कमा विशेष छुट पाउने

  २०७६ मंसिर २ गते १८:०६     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विस्वास रहेको छ ।

हाल बैंकको ८५ वटा शाखा, ८२ वटा एटीएम र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.