गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको १५औं शाखा ललितपुरको टंगलमा, थप दुई शाखा खोल्ने तयारी

  २०७६ मंसिर २ गते १७:५८     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो १५औं शाखा ललितपुरको टंगलमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका पुर्व गर्भनर सत्येन्द्र प्यारा श्रेष्ठले गरेको हुन् ।

शाखा उद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव तिर्थमान शाक्य, संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठ, पुर्व अध्यक्ष राजेशलाल श्रेष्ठ, संचालकहरु सरोजनी श्रेष्ठ, राजेश मानन्धर तथा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थिति थियो ।

प्रधान कार्यालय ललितपुरको हरिहर भवनमा रहेको यस संस्थाको प्रदेश नम्बर एकमा २ वटा, प्रदेश नम्बर दुईमा ५ वटा र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर तीनमा ४ वटा र प्रदेश नम्बर ५ मा २ वटा शाखा कार्यालयहरु रहेको छ । यसका साथै, संस्थाले केही समयमै खैरेनी, रुपन्देही जिल्लामा शाखा कार्यालय विस्तार गर्ने तयारी गरिरहेको छ ।

हाल संस्थाले २०७६ असाेज मसान्तसम्ममा निक्षेप संकलन ३ अर्ब ९८ करोड रुपैयाँ तथा कर्जा ३ अर्ब २२ करोड रुपैयाँ प्रवाह गरी २ करोड ३४ लाख रुपैयाँ संचालन मुनाफा गरेको संस्थाले जनाएको छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा २३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

बैंकिङ्ग सेवामा एटीएम सेवा, एसएमएस बैंकिङ् सेवा ई बैंकिङ् सेवा, इसीसी सेवा, आईपीएस/कनेक्ट आईपीएस सेवा, सेवा डिपोजिट लकर सुविधा, टपअप फ्यासिलिटिज, विभिन्न विप्रेषण सेवा तथा डीपी सेवा र सीआश्वा सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा समेत गरिएको छ । साथै, मोबाइल बैंकिङ्को सेवा पनि शुरु गर्दै रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.