ग्लोबल आईएमई बैंकमा सीईओको आम्दानी पौने ४ करोड, सञ्चालक भत्ता ५० प्रतिशत बढ्यो

  २०७६ मंसिर २ गते १६:०३     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले प्रमुख कार्यकारी अधिकृत तथा कामु प्रमुख कार्यकारी अधिकृतलाई आर्थिक वर्ष २०७५/७६ मा पौने ४ करोड रुपैंया भुक्तानी गरेको छ । तात्कालिन प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौड्याल तथा हालका कामु प्रमुख कार्यकारी अधिकृत महेशराज ढकाललाई समेत गरी जम्मा ३ करोड ७४ लाख ७८ लाख ७७ हजार रुपैंया बराबरको तलबभत्ता र सेवा सुविधा प्रदान गरिएको हो ।

उक्त रकममध्ये ७८ लाख ४४ हजार रुपैंया तलबवापत प्रदान गरिएको छ । जुन मासिक रुपमा हेर्दा करिब साढे ६ लाख रुपैंया मात्रै हो । बाँकी रकम भने अन्य भत्ता, सुविधा तथा सञ्चय कोषको रुपमा भुक्तानी गरिएको हो । प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएपछि पाउने सुविधाका कारण बैंकले ठूलो रकम भुक्तानी गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुलाई ४८ लाख २६ हजार रुपैंया भुक्तानी गरेको छ । त्यस्तै लेखापरीक्षणक तथा लेखापरीक्षणसम्बन्धी अन्य खर्चबापत २२ लाख रुपैंया खर्च गरेको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि भने सञ्चालकहरुका लागि भत्ता ५० प्रतिशत सम्मले वृद्धि गरिएको छ । सभाले सञ्चालक समितिको अध्यक्षका लागि प्रतिबैठक १७ हजार तथा सदस्यहरुका लागि प्रतिबैठक १५ हजार भत्ता दिने प्रस्ताव पारित गरेको हो । यसअघि अध्यक्षका लागि १२ हजार र सदस्यहरुका लागि १० हजार रुपैंयाका दरले बैठक भत्ता दिइँदै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.