६ व्यवसायीलाई ३६ करोड ५५ लाखको मुद्दा

  २०७६ मंसिर २ गते १६:०४     विकासन्युज

काठमाडौं । नक्कली विलविजक जारी राजस्व चुहावट गर्ने ६ जना व्यवसायीलाई राजस्व अनुसन्धान विभागले मुद्दा दायरा गरेको हो । उनीहरूलाई ३६ करोड ५५ लाख रुपैयाँ भन्दा बढी मूल्यको नक्कली बिलविजक जारी गरी कारोबार गरेको आरोपमा विरुद्ध मुद्दा दायर गरिएको हो ।

राजश्व अनुसन्धान विभागले झापाको मेचिनगरको साकम्बरी प्रोडक्टसका मालिक मुकेशकुमार शर्मा र कारोबारी रामकृष्ण शर्मासहित ६ जना विरुद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायरा गरेको हो । ३६ करोड ५५ लाख विगो र त्यसको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग सहित हिजो मंसिर १ गते झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।

आरोपित अभियुक्तहरूले ३१ करोड ५ लाखको अन्तःशुल्क, २ करोड ७९ लाखको मूल्य अभिवृद्धि कर र २ करोड ३८ लाख रुपैयाँ आयकर छली गरेका छन् । त्यस्तै ३१ लाख रुपैयाँ स्वास्थ्य जोखिम कर छली गरेको विभागले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.