उद्योगी करदातामध्ये धेरै मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट, लगातार दुई पटक सम्मानित

  २०७६ मंसिर १ गते २०:१३     विकासन्युज

काठमाडौं । नेपाल भर रहेका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिवृद्धिकर बुझाए बापत घोराही सिमेन्ट उद्योग सम्मानित भएको छ । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा अर्थमन्त्रीद्वारा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा उक्त उद्योग सम्मानित भएको हो ।

सरकारले आठ वर्ष अघिदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । सोहीक्रममा अघिल्लो आर्थिक बर्ष २०७४/०७५ मा देश भरका उद्योगी करदातामध्ये घोराहीसिमेन्ट उद्योग समयमै र सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने उद्योगका रुपमा सम्मानित भएको थियो । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग लाजिम्पाट काठमाडौंले आठौं राष्ट्रिय कर दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नं. ४ गाेंग्लीमा रहेको घोराही सिमेन्ट उद्योग प्रा.लिलाई सम्मान गरेको हो ।

स्थापनाकाल देखि हालसम्म समयमै मूल्य अभिवृद्धि कर विवरण र कर बुझाएका करदातामध्ये बितेको आर्थिक वर्ष २०७४/२०७५ मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गरेको भन्दै विभागले सम्मान गरेको हो । आन्तरिक राजश्व विभागले हरेक वर्ष मंसिर १ गतेका दिन राष्ट्रिय कर दिवसको रुपमा मनाउँदै आएको छ । सोही क्रममा देशभरका उद्योगी, व्यवसायी र व्यक्तिगत रुपमा उत्कृष्ठ करदातालाई सम्मान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.