सबैभन्दा बढी आयकर दाखिला गर्नेमा कामना सेवा विकास बैंक, राजस्व विभागबाट सम्मानित

  २०७६ मंसिर १ गते १९:५८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मानित भएको छ । बैंक “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको हो ।

बैंकले हाल १०३ वटा शाखा तथा ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीएबीएस, लेटेस्ट इन्टरनेट बैंकिङ एण्ड मोबाइल बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.