गण्डकी विकास बैंकले एकैदिन विस्तार गर्यो चार नयाँ शाखा, थप ११ वटा सञ्चालनमा आउँदै

  २०७६ मंसिर १ गते १९:४५     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले एकैदिन चार वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । बैंकले आइतबार मात्र धादिङ्गको धादिङ्गबेसी, लमजुङ्गको भोटेओडार, तनहुँको जामुने र चितवनको मेघौलीमा एकैसाथ शाखा कार्यालय विस्तार गरेको हो ।

यस सहित बैंकको शाखा संख्या ८५ पुगेको छ । बैंकको थप विभिन्न ११ स्थानमा शाखा कार्यालयहरुको निर्माण कार्य भै राखेको र उक्त शाखा कार्यालयहरु समेत सञ्चालनमा आए पश्चात बैंकको कुल शाखा संख्या ९६ पुग्नेछ ।

न्यू विजनेश एजद्वारा आयोजित सन् २०१९ को बेष्ट म्यानेजड डेभलपमेन्ट बैंकको एवार्डबाट पुरस्कृत यस विकास बैंकको कुल चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । गत असोजमसान्तसम्म बैंकले १२ करोड ४२ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकले कुल निक्षेप ३० अर्ब ९ करोड रुपैयाँ संकलन गर्न र कुल कर्जा २६ अर्ब ३० करोड रुपैयाँ प्रवाह गर्न सफल भएको छ । समिक्षा अवधिमा बैंकको निश्क्रिय कर्जाको अनुपात पनि न्यून रहेको छ ।

मेगा बैंक नेपाल लिमिटेडसँग गत आश्विनमा मर्जर/प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी बैंकलाई अझ सवल, सक्षम बनाउने र यसका लगानीकर्ताहरुको लगानीको सम्बर्धन गर्ने र सबै सरोकारवालाहरुको हित संरक्षण गर्ने नीति बैंकको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.