सनराइज बैंकको १२४औँ शाखा सप्तरीको इनरुवामा

  २०७६ मंसिर १ गते १९:३४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले सप्तरी स्थित इनरुवामा १२४औँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जनकशर्मा पौड्यालले संयुक्त रुपमा गरेका हुन् ।

साथै, इनरुवा वडा १ का वंडाअध्यक्ष रामचन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र शाहले संयुक्त रुपमा एटीएमको उद्घाटन गरेका छन् ।

कार्यक्रममा सीईओ जनकशर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अघि बढाउदैं लाने बताएका छन् ।

हालसम्म बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा एटीएम मार्फत बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.