घर बनाउँदा नक्सासँगै इन्टेरियर डिजाइन पास गर्नु पर्ने, के हो इन्टेरियर डिजाइन ?

  २०७६ मंसिर १ गते १९:०२     विकासन्युज

काठमाडौं । अब घर बनाउदा घरको नक्सासँगै घरका लागि इन्टेरियर डिजाइन पनि पास गराउनु पर्ने भएकाे छ ।  इन्टेरियर डिजाइनर्स एशोसियस अफ नेपालको १६औं वार्षिक उत्सवको कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले साे कुरा बताएका हुन् ।

उनले भने – ‘हामीले महानगरपालिकामा नक्सा पास गर्न आउँदा इन्टेरियर डिजाइन पनि पास गर्नका लागि छलफल भैइरहको छ। साथै, इन्टेरियर डिजाइन पास गराउँदा घर सजावटको खर्च पनि कम हुने र पछि इन्टेरियर डिजाइनको लागि समय पनि लाग्दैन ।

इन्टेरियर डिजाइनर्स एशोसियस अफ नेपालका अध्यक्ष विन्द्रा कक्षपति प्रधानले हाल इन्टेरियर डिजाइनको महत्व बढ्दै गएको बताउँदै इन्टेरियर डिजाइनरहरुको हकहित तथा प्रतिष्ठा र सचेतना बढाउन संस्था कटिबद्ध रहेको धारणा राखेकी छिन्। साथै, उनले यस क्षेत्रमा ज्ञान भएकाहरु कोहि पनि बेरोजगार बस्नु नपर्ने उल्लेख गर्दै रोजगार तथा स्वरोजगार क्षेत्रको रुपमा इन्टेरियर डिजाइनलाई विकास गर्नुपर्नेमा जोड दिएकी छिन्।

घर, अपार्टमेन्ट, होटेल, हस्पिटल र रेस्टुरेन्टमा इन्टेरियर डिजाइनको माग बढ्दै गएको छ । अन्य पेसाजस्तै इन्टेरियर डिजाइनबाट पनि राम्रो कमाइ गर्न सकिने र समयअनुसार डिजाइनर ‘अपग्रेड’ हनुपर्ने उनको भनाई छ । अहिले घर बनाई सकेपछि डेकोरेटरका रुपमा मात्र इन्टेरियरको काम हुने गरेको भन्दै उनले घर निर्माणको योजना बनाउँदादेखि नै इन्टेरियर डिजाइनलाई पनि सँगै अघि बढाउँदा खर्च कम हुनुका साथै राम्रो डिजाइन बन्ने उनको दाबी छ ।

के हो इन्टेरियर डिजाइन ?

जसरी आधुनिक फेसनका लुगामा बुट्टा भरेर, नयाँ नयाँ शैलीमा कट आउट गरेर डिजाइनमा लुक दिइन्छ, त्यसरी नै घरका सादा र रंगविहिन भित्ता, सिलिङ र रुमको बनावट इन्टेरियर डिजाइनमार्फत नयाँ रूप दिइन्छ । यो कला एक डिजाइनरको कल्पनाशक्ति र सिर्जन शीलतामा आधारित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.