सबैभन्दा बढी नाफामुलक व्यवसाय गर्नेमा आईएमई लाइफ इन्स्योरेन्स, पायो सम्मान पत्र

  २०७६ मंसिर १ गते १८:४८     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ का लागि नेपाल पूनर्बीमा कम्पनीमा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये आईएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी नाफामुलक व्यवसाय गरेको छ । इन्स्योरेन्सले पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ ।

उक्त सम्मानपत्र नेपाल पूनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले इन्स्योरेन्सलाई प्रदान गरेको हो ।

इन्स्योरेन्सले ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी, कम्पनीले घातक रोग विरूद्ध उपचार खर्च, लघुवीमा, सामुहिक बीमा लगायत बीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका बीमा योजना प्रचलनमा ल्याएको छ ।

कम्पनीले निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं बीमितको चाहना अनुरुप लाभदायक बीमा योजनाहरू प्रस्तुत गर्ने बताएको छ । साथै, कम्पनीले थप शाखा तथा उपशाखा कार्यालयहरू मार्फत सेवा विस्तार गरि जीवन बीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.